मुख्य समाचार

महराको तिहार पनि हिरासतमै बित्ने, फेरि ७ दिन म्याद थप

बलात्कार आरोपी पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि तेस्रो पटक सात दिनका लागि म्याद थप गरिएको छ । योसंगै महराको तिहार पनि हिरासतमै बित्ने भएको छ । काठमाडौं जिल्ला अदालतले महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई सात दिनको अनुमति दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए । यो म्याद बिहीबारदेखि नै लागु हुने जनाइएको छ । असोज १९ गते पक्राउ परेर दसैं हिरासतमै बिताएका महराको तिहार पनि… पुरा पढौ

मिनी ट्रक दुर्घटना, चालक धामीको मृत्यु

महाकाली राजमार्गअन्तर्गत बैतडीको सिन्केलेकमा बिहीबार दुर्घटना भएको मिनी ट्रक । दुर्घटनामा चालक गोपाल सिंह धामीको मृत्यु भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । यो तस्वीर राससका लागि विनोद सिंहले खिचेका हुन् । पुरा पढौ

सरकारले दियो कात्तिक १३ गते सार्वजनिक बिदा

सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ । पुरा पढौ

प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम उपप्रधानमन्त्रीले गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छन् । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकेकी हुन् ।    पुरा पढौ

राष्ट्रिय झण्डा हटाउने लिम्बुवान मोर्चाका नौ जना पक्राउ

राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा (धमला), पार्टीको महिला सङ्घ केन्द्रीय अध्यक्ष कविरमाया सावा, इलाम जिल्ला अध्यक्ष विजय आङदम्बे, सचिव मनकुमार माखिम,… पुरा पढौ

पोखरा पर्स्याङका खनाल परिवारमा यस्तो वज्रपात…

कास्कीको अन्नपूर्ण गाउँपालिका–११, देउराली बेसक्याम नजिकै हिउँमा पुरिएर सञ्जय खनालको मृत्यु भएपछि परिवारजन शोकमा डुवेका छन् । सञ्जय खनाल परिवारका १ मात्र छोरा थिए । उनका १ दिदी छन् । सञ्जय बल्ल १८ वर्षका थिए । उनी कक्षा १२ मा अध्ययनरत थिए । उनी काठमाडौंमा अध्ययनरत थिए । छुट्टी मनाउन घर फर्किएर सोमबार घरबाट बेस क्याम्पतर्फ घुम्न निस्किएका थिए । सञ्जयका उनका पिता युवराज खनालसहित परिवार अचेत अवस्थामा छन् ।… पुरा पढौ

र्‍यापर भिटेन पक्राउ

नेपाली युवाहरु माझँ लोकप्रिय बन्दै गएका र्‍यापर समिर घिसिङ(भिटेन)पक्राउ परेका छन्।। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । यसअघि मंगलबार गायक दुर्गेश थापा पनि पक्रउ परेका थिए । पुरा पढौ

नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी

श्रम अदालतले रोजगारतादातालाई नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी दिन पाउने बाटो खुला गरिदिएको छ । न्यायाधीश रामेश्वर रेग्मीको इजलासले हुलास मेटल क्राफ्टविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार आदेश दिँदै यस्तो व्यवस्था गरेको हो ।  हुलासबाट कटौतीमा परेका नेपाली कामदारले नेपाली भएकैले आफूलाई नहटाउन माग गर्दै अन्तरकालिन आदेशको माग गरेका थिए ।  त्यसउपर मंगलबार पक्ष–विपक्षको बहसपछि रेग्मीले तत्काल अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेका हुन् ।  हुलासमा २५ जना… पुरा पढौ

सहमति कार्यान्वयनमा अग्रसर नभए प्रचण्ड नयाँ ढंगले अगाडि बढ्ने

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरुसँग छलफल र भेटघाट बढाएका छन् ।  पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफूहरुबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका छन् ।  ‘अब उहाँसँग फेरी अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष… पुरा पढौ

प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई अजरबैजानको राजधानी बाकुमा भेटवर्ता गर्ने भएका छन् ।  असंलग्न आन्दोलन९नाम०को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् ।  मडुरो नामको वर्तमान अध्यक्ष हुन् । ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ । वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन । ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं