मुख्य समाचार

चुनावका लागि कांग्रेसले खटायो वडा प्रतिनिधि, को कहाँ ?

नेपाली कांग्रेस पोखरा महानगर समितिले कास्की–२ मा हुने आशन्न उपनिर्वाचनका लागि वडा प्रतिनिधि खटाएको छ । महानगर समितिको बैठकले महानगरभित्र पर्ने ११ वटा वडामा चुनाव प्रचारप्रसारका लागि प्रतिनिधि खटाएको महानगर सचिव रामजीप्रसाद कोइरालाले जानकारी दिए । बैठक नगर सभापति वजीरमान श्रेष्ठको सभापतित्वमा बसेको थियो । नगर सचिव रामजीप्रसाद कोइरालाका अनुसार पोखरा–७ मा सरोज नारायण बराल, ८ मा रामजीप्रसाद कोइराला, ९ मा ध्रुवनाथ अधिकारीलाई निर्वाचन प्रतिनिधिको रुपमा खटाइएको छ । यसैगरी… पुरा पढौ

कांग्रेस उपसभापति महतको दिल्लीमा निधन

भारत भ्रमणमा रहेका नेपाली कांग्रेस दैलेख जिल्ला उपसभापति भूपेन्द्र महतको बुधवार दिल्लीमा निधन भएको छ । दिल्लीको मेदेओर अस्पतालमा बुधवार साँझ ६ बजेको समयमा उनको निधन भएको हो । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका अनुसार महत भारतको मुम्बई, हरियाणाको सोनिपत हुँदै नेपाल फर्किने क्रममा दिल्लीको आनन्द विहारमा मुर्छा परेका थिए। अस्पताल स्रोतका अनुसार उनको डेंगीका कारण निधन भएको हो । नेपाली जनसम्पर्क समिति उत्तर भारत समितिकी अध्यक्ष सुनिता जीसी कुवँरका… पुरा पढौ

प्रधानमन्त्री ओली बिहीबार बाकु जादै

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन् । यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई,… पुरा पढौ

घाँसीकुवामा २ ट्रक जुधेपछि….

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त ट्रक । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ६ ख ७०५८ नं को ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना १ क ४७९४ नं को ट्रक ठोक्किदा दुवै सवारीका चालक घाइते भएका छन् । पुरा पढौ

विद्यालयको छाना खस्दा दर्जनौ विद्यार्थी घाइते

काठमाडौँको तारकेश्वर नगरपालिका– ३ मा रहेको विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको छत खस्दा ४० भन्दा बढी विद्यार्थी घाइते बनेका छन्। बुधबार दिउँसो स्कुलको छत खसेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको जनाइएको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ । पुरा पढौ

राजमो र नेकपाबीच चुनावी तालमेल बाग्लुङ-२ ख राजमोलाई

नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाबीच मंसीरमा हुने उपनिर्वाचनका लागि चुनावी तालमेल भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच चुनावी तालमेलमा सहमति भएको हो । जनमोर्चा अध्यक्ष केसीले बागलुङ-२ ख को प्रदेशसभा सदस्यको उम्मेदवार जनमोर्चाले पाउने र अन्य क्षेत्रमा नेकपाका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको जानकारी दिएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालिन एमाले माओवादी गठबन्धनले… पुरा पढौ

देवराज चालिसेलाई साथ दिनेहरू को-को हुन् ?

नेकपाका आशलाग्दा नेता एवं पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारीको क्षेत्र हो कास्की-२ । यहाँ पनि आगामी मंसिर १४ गते हुने उपनिर्वाचन हुँदैछ । यो क्षेत्र प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुने १ मात्र क्षेत्र हो । त्यसैले पनि कास्की–२ निकै चर्चामा छ । देशभरको ध्यान पनि यही क्षेत्रमा छ । कहिले नेकपाका नेता वामदेव गौतम त कहिले कांग्रेसका नेता धनराज गुरुङ उम्मेदवार बन्ने हल्लाले करिब ५ महिना अघिदेखि नै कास्की २ चर्चामा थियो… पुरा पढौ

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय किशोरीका बाबुविरुद्ध मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले पक्राउ गरेको हो । किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकमाथि अनुसन्धान सुरु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले… पुरा पढौ

कास्की-२ मा साझाबाट रजनी केसी उम्मेदवार

कास्की–२ को उपनिर्वाचनमा साझा पार्टीले रजनी केसीलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीको कात्तिक ५ र ६ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार तय गरेको हो । पार्टीको जिल्ला र क्षेत्रीय समितिको सिफारिस अनुसार पोखरा महानगरपालिकी पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । “केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक… पुरा पढौ

विप्लवबाट कुटिए नेकपाका कार्यकर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिंहमाथि आक्रमण गरेको छ । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको हो। आक्रमणमा परी प्रदेशसदस्य सिंहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए। चन्द कार्यकर्ताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं