मुख्य समाचार

नेकपा-कांग्रेस सम्बन्ध दरिलो बनाउने सहमति

केही समययता सत्तापक्ष र प्रतिपक्षबीच टाढिएको सम्बन्धलाई साँघुरो बनाउँदै लैजान दुवै दल सहमत भएका छन् । धानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलबीचको अनौपचारिक छलफलमा मुलुकका प्रमुख मुद्दामा सत्तापक्ष प्रतिपक्षको सुझाव र सहयोग लिएरै अघि बढ्न तयार भएको हो । बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको उपस्थितिमा नेपाली काँग्रेससँग भएको छलफलमा यस्तो सहमति भएको नेकपा स्थायी समितिका सदस्य सुवास चन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी दिनमा… पुरा पढौ

प्रचण्डको विश्वास छैन, बाबुराम सकिएः मोहन वैद्य

नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका चर्को आलोचना गरेका छन् । तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै उनले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको आरोप लगाए । प्रचण्ड र बाबुरामले कम्युनिस्ट सिद्धान्त भुलेको पनि उनको आरोप छ ।  नेकपा क्रान्तिकारी माओवादी प्युठानले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले भने–‘प्रचण्डको विश्वास… पुरा पढौ

गोली काण्ड : आफ्नै पैसा माग्दा जाँदा मारिए

जनकपुरधाममा आज बिहान गोली प्रहार गरी एक जनाको हत्या भएको छ । बुधबार बिहान करीब १० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ स्थित मुजेलियाका पंकज  भनिने शङ्कर चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर–१ बस्ने मनोज साहको मृत्यु भएको हो । पंकजको घरमा गएर पैसाको ताकेता गर्दा पंकजले ‘घरमा आएर किन पैसा मागेको ?’ भन्दै आवेशमा आएर मनोजमाथि गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट मृत्यु भएका मनोजको… पुरा पढौ

नेविसंघमा फेरि लफडा, कार्यकर्ता निराश

नेपाली काँग्रेसको शीर्ष नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघ(नेविसंघ) को नेतृत्व चयन गर्ने तयारी गरेपछि विवाद देखिएको छ । यसले कार्यकर्तामा निकै निराशा छाएको छ । नेपाल विद्यार्थी संघभित्र ३२ वर्षमुनीबाट नेतृत्व चयन गर्ने कि ३२ वर्षमाथिबाट भन्नेमा विवाद कायमै रहेको बेला काँग्रेस शीर्ष नेतृत्वले भने ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि सहमति गरेसँगै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहले चर्को विरोध गरेको छ ।  नेविसंघका नेता सुशील भट्टले आफूहरुले लामो समयदेखि… पुरा पढौ

गोली हानी एक युवकको हत्या, अभियुक्त पक्राउ, थप विवरण आउन बाँकी

जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली हानी एक युवकको हत्या गरिएको छ । ४० वर्षीय मनोज साहको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई गोली हान्ने अभियुक्त पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय शंकर चौधरी रहेका छन् । थप विवरण आउन बाँकी ।    पुरा पढौ

उम्मेदवार टुंग्याउन कांग्रेसको बैठक बस्दै, कास्की-२ प्राथमिकतामा

उपनिर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेपछि  बैठक बस्न लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । सहमहामन्त्री महतका अनुसार पदाधिकारी बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट बन्ने उम्मेदवारका बारेमा छलफल केन्द्रीत हुनेछ । ‘जिल्लाबाट सिफारिस भएर आएका नामहरुमा छलफल हुन्छ । तर कतिपय जिल्लाबाट उम्मेदवारको नाम आइनसकेकाले मोटामोटी… पुरा पढौ

त्रिवि जनप्रशासन केन्द्रीय विभागमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ । विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै सङ्घको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित बनेको हो । त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहीने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ । शाहीको नियुक्तिसँगै विद्यार्थी… पुरा पढौ

अन्तरराष्ट्रिय‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’भोटेकोशीमा हुने

अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी सहभागी गराइ वार्षिकरूपमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्दै आइरहेका ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ कार्यक्रम यस वर्ष सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदीमा हुनलागेको नाराका… पुरा पढौ

डोटीमा अविवाहित महिलाले भत्ता पाउने

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । नगरपालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि उक्त सामाजिक सुरक्षा नामक भत्ता… पुरा पढौ

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ फर्किएकी छिन्  । उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरे ।  राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं