मुख्य समाचार

नेकपालाई कार्यकर्ता समेट्नै मुश्किल

दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ । नेकपा पाँचथरले मंगलबार फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ, नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो । तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गराउन नेकपालाई सकस परेको देखियो । जिल्लास्तरमा विभाग तथा आयोग नबनेको तथा भ्रातृ तथा जनवर्गीय सङ्गठन निर्माण नहुँदा धेरै कार्यकर्ता समेट्ने आधार… पुरा पढौ

कांग्रेसका आकांक्षी १६ जनाकै नाम केन्द्रमा सिफारिस, देवराजको छुट्टै सिफारिस

नेपाली कांग्रेस कास्कीले कास्की–२ को आशन्न उपनिर्वाचनका लागि आकांक्षी देखिएका सबै जनालाई केन्द्रमा सिफारिस गरिदिएको छ । कास्की–२ मा चुनाव लड्न १६ जनाले चाहना गरेका थिए । आकांक्षी मिलाउन क्षेत्रीय समितिले पटकपटक प्रयास गरे पनि सहमति नजुटेपछि सबै आकांक्षीको नामावली जिल्लामा पठाएको थियो । स्रोतका अनुसार क्षेत्रीय समितिले आकांक्षीमध्येका १ देवराज चालिसेलाई मात्र सिरफारिस गर्न केही व्यक्तिको हस्ताक्षरसहितको निवेदन पनि जिल्ला कार्यसमितिमा पठाएको थियो । क्षेत्रीय समितिको सिफारिसलाई केही धारणा… पुरा पढौ

कांग्रेस नेताहरु एकमत, यस्ता छन् बैठकका निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । कांग्रेसको सोमबार सम्पन्न बैठकमा सबै एताहरु एकमत भएका थिए । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो ।  संवैधानिक आयोगमा गरिने नियुक्तिलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएको बैठकमा सहभागी… पुरा पढौ

विप्लव समूहको केन्द्रीय समिति बैठक : यस्ता छन् १२ निर्णय

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले १२ बुँदे निर्णय गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ । पार्टीको आठौं पूर्ण बैठकले उक्त निर्णय गर्दै बैठक सम्पन्न गरेको विज्ञप्तिमार्फत जनाएको छ ।  बैठकले मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाउनका लागि विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सव बनाउने निर्णय पनि गरेको जनाएको छ ।  यस्तो छ विज्ञप्ति– पुरा पढौ

महराको बहिर्गमनसंगै संसदको सबै काम अलपत्र

प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन् ।  संसद सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित पाँच वटा विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाउने काम नै रोकिएको हो ।  सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने भएकाले संसदबाट पारित गरिएको ती विधेयकहरु प्रमाणीकरणको काम पनि रोकिएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले… पुरा पढौ

गलत प्रचारको भ्रममा नपर्न प्रचण्डको आग्रह

आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताएका छन् । पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार कुराकानी भएको सुनाउदै एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं होहल्ला र प्रचारको भ्रममा… पुरा पढौ

डोजरले आक्रमण गर्ने चालक पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकका बासिन्दालाई डोजरले आक्रमण गर्ने चालक किशोर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरको बकेटमार्फत आक्रमण गरेको भिडियो सार्वजनिक भएपछि केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले डोजर चालकलाई पक्राउ गरेको जानकारी दिएका छन् । डोजर आक्रमणबाट घाइते भएका आठ जनामध्ये स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते रहेको स्थानीय हेमराज जोशीले बताएका… पुरा पढौ

ब्राजिलको शहरमा विमान दुर्घटना हुदा ३ जनाको मृत्यु

ब्राजिलको बेलो हरिजोन्ट शहरमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सानो आकारको सो विमानको इन्जिनमा समस्या आएपछि दुर्घटना भएको अनुमान छ । आवासीय क्षेत्रको सडकमा हवाई जहाज खस्दा गुडिरहेका तीनवटा गाडीहरुमा पनि क्षति पुगेको छ । जमिनमा खसेपछि विमानमा आगो लागेको थियो । सो हवाइजहाजमा एक चालक र तीन यात्रु थिए । दुर्घटनामा हवाई जहाजका एक, कारका एक र एक… पुरा पढौ

आलमद्धारा पोलिग्राफ टेस्ट गर्न अस्विकार

बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट-२ का सासंद तथा पूर्वमन्त्री मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् । रौतहट बम काण्डमा मुछिएका सांसद आलमले घटना नै नघटेको दाबी गरे पछि जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले अनुसन्धानका क्रममा आलमले झुठ बोले नबोलेको पत्ता लगाउन पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको बेला उनले अस्विकार गरेको बताएका छन्। सोधपुछ तथा अनुसन्धानका क्रममा आरोपित व्यक्तिले झुठ बोले नबोलेको पता… पुरा पढौ

आन्तरिक पर्यटन प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकी बन्दिपुर होमस्टेमा

आन्तरिक पर्यटन बर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शिर्षकमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । पहाडकी रानी भनेर चिनीने तनहुंको पर्यटकीय स्थल बन्दीपुरमा कार्यक्रम संचालन भएको थियो । कार्तीक १ र २ गते दुई दिन सम्म बन्दीपुरका बिभिन्न पर्यटकीय स्थानहरुको अवलोकन पश्चात बन्दिपुर सामुदायीक होमस्टेमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ब्यवसायिक एक्यबद्धता जनाउदै गण्डकी प्रदेश अन्र्तगत सात जिल्लाका फोटोग्राफरहरुको सहभागिता रहेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं