मुख्य समाचार

प्रति बिरुवा हुर्काएवापत १० रुपैयाँ पाउने

आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु। दश रुपैयाँ दिने चितवनको ईच्छाकामना गाउँपालिकाले निर्णय गरेको छ ।गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु। दशको नोट” कार्यक्रम ल्याइएको बताएकी छिन् । गाउँपालिकामा सुन्तला, कागती, नासपाती, लागयतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ ।गाउँपालिकाले आर्थिक वर्ष २०७५ / ७६ मा तीन दुहुना भैंसी पाल्ने ८ जनालाई जनही रु एक लाख, व्यवसायिक तरकारीखेती गर्ने… पुरा पढौ

नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक

नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ ।बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको ‘कनेक्टीभिटी’को एजेण्डालाई महत्वका साथ उठान गरिने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।काठमाडौँदेखि ढाकासम्म सिधा बससेवा सञ्चालनका बारेमा पनि बैठकमा छलफल… पुरा पढौ

चर्चित गायक दुर्गेश थापा पक्राउ

चर्चित गायक तथा मोडेल दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरेको हो । पुरा पढौ

स्कुल बसले किच्दा आठ वर्षीय बालकको मृत्यु

ललितपुर को गोदावरी नगरपालिका वडानम्बर ९ छम्पीमा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् । सोमबार बिहान करिब सवा ९ बजेतिर विद्यालय जाने क्रममा होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसमा उनी चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको ललितपुर प्रहरी… पुरा पढौ

जुम्लाबाट ३४ करोडको स्याउ निर्यात

विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै जुम्लाबाट छ हजार पाँच सय मेट्रिक टन स्याउ निर्यात गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको बताएका छन् । पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको हो ।जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको आम्दानी… पुरा पढौ

विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ

नेत्रविक्रम चन्द -विप्लव) समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनी चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट पक्राउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो । लोहनी विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उनलाई पार्टीबाट विदाई गरिएको थियो । लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही… पुरा पढौ

विप्लवका नेता गुणराज लोहनी पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । विप्लव समूहका केन्द्रीय सदस्यरहेका उनलाई हालै मात्र पार्टीले कारबाही गरेको थियो । चितवनको भरतपुर बसेनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लोहनीको स्वास्थ्य समस्याका कारण पार्टीबाट बिदाई गरिएको नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।लोहनीका विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुरा पढौ

‘प्रचण्ड प्रधानमन्त्रीमा आलोपालो भएन भनेर रुँदै हिँडेका छन्’

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पुष्पकमल दाहाल प्रचण्डबारे तिखो टिप्पणी गरेको छ । उसले भनेको छ, ‘प्रधानमन्त्रीको आलोपालो भएन भनेर रुँदै हिँडेका छन् । कहिले माधव नेपाल, कहिले बामदेव गौतम त कहिले ईश्वर पोखरेलकहाँ गएर बिन्तीभाउ गरिरहेका छन् ।’ तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको सार्वजनिक भएको थियो । आलोपालो प्रधानमन्त्री बन्ने… पुरा पढौ

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएको जानकारी गराए । नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो । पहिले भाग लिइसकेको निर्वाचन अहिले किन बहिस्कार गर्ने भन्ने प्रश्नमा नेता गजुरेलले भने… पुरा पढौ

पक्राउ पर्ने पालो अब उपेन्द्र यादवको

धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्। गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ। रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं