स्कुल बसले किच्दा आठ वर्षीय बालकको मृत्यु

ललितपुर को गोदावरी नगरपालिका वडानम्बर ९ छम्पीमा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् ।

सोमबार बिहान करिब सवा ९ बजेतिर विद्यालय जाने क्रममा होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसमा उनी चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा चन्दले जानकारी दिएकी छिन् ।