प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । विप्लव समूहका केन्द्रीय सदस्यरहेका उनलाई हालै मात्र पार्टीले कारबाही गरेको थियो ।
चितवनको भरतपुर बसेनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लोहनीको स्वास्थ्य समस्याका कारण पार्टीबाट बिदाई गरिएको नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।लोहनीका विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






