मुख्य समाचार

भ्रमण वर्ष प्रवर्द्धन गर्न आङ सान सूची नेपाल आउने

भ्रमण वर्ष(२०२०)को प्रवर्द्धन गर्न म्यानमारका स्टेट काउन्सिलर आङ सान सूची नेपाल आउने भएकी छिन ।राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष(२०२०) को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको छ । सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल… पुरा पढौ

वैद्य नेतृत्वको माओवादीद्धारा उपनिर्वाचन बहिस्कार

मंसिर १४ गते हुने उपनिर्वाचन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले बहिस्कार गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएको जानकारी गराएका छन् । नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो । नेता गजुरेलले निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्ने र कार्यनीति अन्तर्गत कहिले… पुरा पढौ

सरकारी कानुनको विरोधमा पत्रिकाको पहिलो पाना पुरै कालो

मिडियामाथि कडा कानुन लगाएपछि त्यसको विरोधका लागि अष्ट्रेलियाका प्रत्येक पत्रिकाका पहिलो पानाहरु कालो राखेर प्रकाशित गरिएको छ । अष्ट्रेलियाको सबैभन्दा ठूलो मिडिया हाउस एबिसीको हेड अफिस र अनेक पत्रकारको घर घरमा समेत छापामारे पछि त्यसैको बिरोध स्वरुप आजको पत्रिकाहरु कालो मुखपृष्ठ सहित छापिएका हुन् । यस्तो गर्ने मिडिया र पत्रकारको भनाई के छ भने सरकार दिनानुदिन मिडिया प्रति कठोर हुँदै गएको छ । यसको महसुस त्यहाँका अखवारले मात्र होइन रेडियो… पुरा पढौ

म रोशनीको कोठामा गएकै छैन : महरा, लोकेशन पनि रोशनीको कोठामा देखिएन : प्रहरी

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामै नगएको दाबी गरेका छन् । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिने क्रममा महराले यस्तो दाबी गरेका हुन् । आइतबारमात्रै रोशनीले समेत काठमाडौं जिल्ला अदालतमा निवेदन दिएर महरा आफ्नो कोठामा नआएको दाबी गरेकी थिइन् । तर, उनले दबाबमा आएर पटक–पटक आफ्नो बयान फेर्ने गरेको सरकारी पक्षको दाबी छ । आइतबार महरालाई अदालतले थप ५ दिनको… पुरा पढौ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

विशेष सुराकीका आधारमा प्रहरीले बौद्धको नयाँवस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले उनिहस्को साथबाट नक्कली नोट छाप्ने मेसिनसहित ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । पक्राउ पर्नेको परिचय भने गोप्य राखिएको टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

राष्ट्रपति भण्डारी र जापानी प्र.म आबेबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी भएका थिए । । जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा… पुरा पढौ

पाकिस्तानी गोलीबारीमा दुई गोर्खा जवान सहिद

आइतवार बिहानै जम्मु(कस्मिरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको गोलीबारीमा देशको सुरक्षार्थ दुईजना गोर्खा जवान सहिद भएका छन्। सहिद हुने गोर्खा सैनिक क्रमैले हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ हुन्। यद्यपि उनीहरू कहाँका हुन् त्यसको भने पुष्टि भएको छैन। पछिल्ला दुई महिनायता पाकिस्तानी गोलीबारीमा ५ गोर्खा सैनिकले ज्यान गुमाइ सकेका छन्। पुरा पढौ

आलमको दाबी : घटना घटेकै छैन

रौतहट बम काण्डमा मुछिएका सांसद मोहम्मद अफ्ताब आलमले घटना नै नघटेको दाबी गरेका छन् । आइतबार जिल्ला अदालत रौतहटबाट बाहिरिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।  “त्यो घटना नघटेको कारणले महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने गरी फैसला भयो । त्यही कुरा मात्र हो,”  उनले भने । आइतबार जिल्ला अदालत रौतहटले आलममाथि थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । २०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको… पुरा पढौ

ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिँदै

‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् ।  उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’ निष्कर्षमा पुगेको छ । गच्छदारले उपप्रधान तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।  पुरा पढौ

कास्की-२ (क) मा प्रविधियुक्त पूर्वाधार विकास कार्यालय शुभारम्भ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय कास्की क्षेत्र नं २ (क) गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय शुभारम्भ गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले स्वीच थिचेर कार्यालय शुभारम्भ गरेका हुन् । उक्त अवसरमा मन्त्री बस्नेतले सांसद कृष्ण थापाको काम प्रशंसानीय रहेको बताए । उनले जनताको सेवामा हातेमालो गर्दै अघि बढ्न आग्रह समेत गरे । विकासका काममा आफ्नो मन्त्रालयबाट सक्दो सहयोग रहने भन्दै मन्त्री बस्नेतले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं