नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

विशेष सुराकीका आधारमा प्रहरीले बौद्धको नयाँवस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार प्रहरीले उनिहस्को साथबाट नक्कली नोट छाप्ने मेसिनसहित ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ ।

पक्राउ पर्नेको परिचय भने गोप्य राखिएको टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।