सरकारी कानुनको विरोधमा पत्रिकाको पहिलो पाना पुरै कालो

मिडियामाथि कडा कानुन लगाएपछि त्यसको विरोधका लागि अष्ट्रेलियाका प्रत्येक पत्रिकाका पहिलो पानाहरु कालो राखेर प्रकाशित गरिएको छ ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो मिडिया हाउस एबिसीको हेड अफिस र अनेक पत्रकारको घर घरमा समेत छापामारे पछि त्यसैको बिरोध स्वरुप आजको पत्रिकाहरु कालो मुखपृष्ठ सहित छापिएका हुन् । यस्तो गर्ने मिडिया र पत्रकारको भनाई के छ भने सरकार दिनानुदिन मिडिया प्रति कठोर हुँदै गएको छ ।

यसको महसुस त्यहाँका अखवारले मात्र होइन रेडियो टिभिले पनि गरेकाछन् । सुरक्षा कानूनको छाता भित्र देशमा गोपनीयताको संस्कृति बनेको छ भन्ने उनीहरुको भनाई छ भने सरकारले भनेको छ प्रेस स्वतंन्त्र हुनपर्छ तर कानून भन्दा माथि कोही छैन ।

आज लगभग पक्ष प्रतिपक्षका सवै पत्रिकाले कालो नै छापेका छन् ।एबिसीका एमडीले भनेका छन्, ‘अष्ट्रेलीया विश्वको सवैभन्दा गोपनीय लोकतन्त्र बन्दै छ ।’ प्रधानमन्त्री स्काट मरिसन ले भनेका छन्,’ प्रेस स्वतन्त्रता महत्वपुर्ण हो तर कानुनको राज कायम गर्नु पर्छ ।’