आलमको दाबी : घटना घटेकै छैन

रौतहट बम काण्डमा मुछिएका सांसद मोहम्मद अफ्ताब आलमले घटना नै नघटेको दाबी गरेका छन् । आइतबार जिल्ला अदालत रौतहटबाट बाहिरिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् । 

“त्यो घटना नघटेको कारणले महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने गरी फैसला भयो । त्यही कुरा मात्र हो,”  उनले भने ।

आइतबार जिल्ला अदालत रौतहटले आलममाथि थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

२०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा उनी  असोज २६ गते पक्राउ परेका थिए ।