आइतवार बिहानै जम्मु(कस्मिरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको गोलीबारीमा देशको सुरक्षार्थ दुईजना गोर्खा जवान सहिद भएका छन्।
सहिद हुने गोर्खा सैनिक क्रमैले हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ हुन्। यद्यपि उनीहरू कहाँका हुन् त्यसको भने पुष्टि भएको छैन। पछिल्ला दुई महिनायता पाकिस्तानी गोलीबारीमा ५ गोर्खा सैनिकले ज्यान गुमाइ सकेका छन्।






