मुख्य समाचार

कुलमानको कौशल : विद्युत् प्राधिकरणको सुध्रिएको वित्तीय स्थितिले दिएका यस्ता अवसर

नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्था निकै सुध्रिएका कारण अब यसले विद्युत् क्षेत्रमा थप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने कार्यकारी निर्देशकले बताएका छन्। सरकारले आगामी दिनमा विद्युत् क्षेत्रमा केवल पूर्वाधार तथा प्रसारण लाइनमा मात्र लगानी गरे पुग्ने पनि उनले बताए। केही वर्ष अगाडिसम्म नियमित तलब खुवाउन समेत सरकारको मुख ताक्न बाध्य प्राधिकरणले यो वर्ष ७ अर्ब रुपैयाँ नाफा गरेको छ। परिवर्तित अवस्था नेपालमा ऊर्जा क्षेत्र स्वदेशी तथा विदेशी लगानीको लागि… पुरा पढौ

कांग्रेस नेता बस्नेतद्धारा सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् ।      पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरेका हुन् ।           पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गरेका हुन् । “तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरको हुँ,… पुरा पढौ

तम्तयार माइतीघर मण्डला

शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लागेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको माइतिघर मण्डला ।  पुरा पढौ

सी शनिबार अपराह्न ४:३० मा आउने, आइतबार १ बजे फर्किने

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समयतालिका सार्वजनिक भएको छ। असोज २५ गते, शनिबार सी नेपाल आउन लागेका हुन्। उनी चढेको जहाज शनिबार अपराह्न ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।  यसनिम्ति विमानस्थल साढे २ घण्टा बन्द हुने पनि विमानस्थल कार्यालयले जनाइसकेको छ। शनिबार दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गर्न कार्यालयले आदेश दिएको छ। विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी… पुरा पढौ

सी हिंड्ने बाटोमा सर्वसाधारणलाई रोक, विमानस्थल २ घण्टा बन्द

चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने बेला रूटमा पर्ने बाटो सर्वसाधारणका लागि बन्द गरिने भएको छ। उनको दुईदिने नेपाल भ्रमण शनिबारबाट सुरू हुँदैछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले चिनियाँ राष्ट्रपति सी हिँड्ने बेला त्यो रूट पूर्ण रूपमा ठप्प गरिने जानकारी दिए। 'त्यो समयमा सर्वसाधारणले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने हुन्छ,’ उनले भने। कुन सडक कतिबेरसम्म बन्द हुने अहिल्यै भन्न नसकिने पौडेलले जानकारी दिए। ‘हामी भोलि बन्द हुने सडकको तालिका निकाल्छौं होला। राष्ट्रपति… पुरा पढौ

चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटल पूरै रिजर्भ

चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा रिजर्भ गरिएको छ। सीका लागि बस्ने व्यवस्था मिलाइएको उक्त होटल पूरै रिजर्भ भएको होटलका एक उच्च व्यवस्थापकले जानकारी दिए। २८२ वटा कोठा भएको होटलमा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नेछन्।उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका उपहार पसलहरू पनि बन्द हुने भएको छ। होटल व्यवस्थापकका अनुसार शुक्रबार र शनिबारका लागि होटल पूरै बुक भएको छ। होटलले उच्च पदस्थका लागि पहिल्यै… पुरा पढौ

सीको नेपाल भ्रमण : पहिलो घेरामा नेपाली सेना, २५ हजार प्रहरी परिचालन

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौँ आइपुग्ने छन् ।  राष्ट्रपति सी नेपाल र भारतको भ्रमणका लागि चिनियाँ समयअनुसार शुक्रबार बिहान भारततर्फ प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो… पुरा पढौ

चिनियाँ राष्ट्रपति सी आज आउने, यस्ता छन् नेपालका प्रस्ताव

राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् । उनको भ्रमणका अवसरमा नेपालले एक दर्जन प्रस्ताव तयार गरेको छ । ती प्रस्तावहरु यस्ता छन् ।  १. केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता । रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रारुपबारे छलफल २.गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन३.७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता ४.मदन भण्डारी… पुरा पढौ

सिन्धुपाल्चोक बस दुर्घटनाको छानबिन गर्न काँग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी त्यस्ता घटनाहरुको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन सञ्चालन गर्नुभन्दा अगाडि त्यसको जाँच नगर्नुले दुर्घटना… पुरा पढौ

अपरिचितको फोन, ‘अब राष्ट्र बैङ्कको गर्दैछु !’

बिहीबार दिउँसो करिब ३ बजेतिर गृह मन्त्रालयमा एउटा फोन आयो । फोनमा भनिएको थियो – ‘सिरहाबाट बोल्दैछु । वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें । अब राष्ट्र बैङ्कको गर्दैछु ।’ गृह मन्त्रालयमा आएको फोन रिसिभ गरेका थिए – ‘रिसेप्सनिष्ट’ । उनले तत्कालै गृहसचिव प्रेमकुमार राईलाई फोनमा आएको विषयबारे जानकारी गराइहाले ।  गृहसचिव प्रेमकुमार राईले तत्कालै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई ‘त्यो मान्छे को हो पत्ता लगाउन निर्देशन’ दिए ।  आईजीपी खनालले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं