मुख्य समाचार

महराले दिए राजीनामा

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । पुरा पढौ

नेकपा सचिवालयको निर्णय : सभामुख र प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनू

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ। महरामाथि लागेको बलात्कार आरोप लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालयको मंगलबार आकस्मिक बैठक बसेको थियो। बैठकले महरालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएपछि सचिवालयको… पुरा पढौ

दुबईमा सवारी दुर्घटना हुदा ६ नेपालीको मृत्यु

संयुक्त अरब इमिरेट्स ९युएई०को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।दुर्घटना परी अन्य ६ जना घाइते भएका छन्। घाइतेहरु भने नेपाली नागरिकनभएको जानकारी प्राप्त भएको छ। नेपाली दूतावासका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा रमेश चौधरी (धनकुटा) दान बहादुर सत्याल (सर्लाही ) कृष्ण बहादुर पुन (पाल्पा) नारायण प्रसाद पोखरेल (नवलपरासी) दिपक बिक (सुनसरी धरान) र नायराम साउद ( कैलाली) रहेका छन् । दुबईको… पुरा पढौ

मन्त्री–सांसदलाई दशैं खर्च, जनतालाई मूल्यवृद्धि !

नेपाली महान चाड दशैं नेपालीको घरमा भित्रिसकेको छ । अहिले सबै नेपालीलाई दशैंको कसरी जोहो गर्ने भन्ने चिन्ताले सताएको छ । बजार भाउ चुल्लिएका बेला सर्वसाधरणलाई दशैं कसरी मनाउने भन्ने चिन्ता छ । आम नागरिकलाई दस्तै मन्त्री र सांसदहरुलाई पनि दशैंले छोइसकेको छ । त्यसैले त अहिले मन्त्री, सांसदहरु दशैंको शुभकामना आदान प्रदानमा व्यस्त हुन थालेका छन् । तर, मन्त्री र सांसदहरुलाई आम नागरिकलाई जस्तो दशैं कसरी मनाउने र दशैंका… पुरा पढौ

कठपुतली तयार गरी चरित्रहत्या गर्न खोजियो : सभामुख

सभामुख कृष्णबहादुर महराले आफूलाई कठपुतली तयार गरी चरित्रहत्या गर्ने प्रयास भएको दाबी गरेका छन् । महराका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले विज्ञप्ति निकालेर विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न उनको आग्रह छ । यस्तो छ विज्ञप्ति सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन सम्माननीय सभामुख कृष्णबहादुर महरालाई… पुरा पढौ

राष्ट्रपति भण्डारी म्यानमार र जापान भ्रमणमा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक म्यानमार र जापानको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म्यानमारको औपचारिक भ्रमणपछि राष्ट्रपति जापान जाने गरी भ्रमण तालिका बन्दैछ । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी अक्टोबर तेस्रो साताअघिनै औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएपछिमात्र राष्ट्रपति भण्डारीको म्यानमार तथा जापानको भ्रमणको मिति निश्चित हुने सम्भावना छ । परराष्ट्र स्रोतले भन्यो ‘राष्ट्रपति… पुरा पढौ

जलकुम्भी हटाउन दीर्घकालीन उपाय खोज्दै महानगर

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले सञ्चालन गरेको अभियान स्थगित भएको छ । सोमबारको सफाइ अभियानमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति गोकुल भण्डारीसहित १ सय २५ जना नेपाली सेना सहभागी भएका थिए । महानगरले सञ्चालन गरेको अभियानबाट तालमा रहेको ५० प्रतिशत जलकुम्भी भार निकालिएको दाबी गरिएको छ । नेपालीको महान पर्व दसंैका कारण अभियान स्थागित गरिएको महानगरले जनाएको छ । पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर… पुरा पढौ

जहाज टिकट पाउनै सास्ती, सबै सकियो

वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन १ महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ । हरेक वर्ष दशैँँ आउनासाथ राजधानी काठमाडौँलाई कर्मथलो बनाएका लाखौं नागरिक घर जाने चटारोमा हुन्छन् । यात्रुका लागि घर फर्कन दुई विकल्प… पुरा पढौ

खसी-बोका-च्यांग्रामा घाटा खाएर उपभोक्तालाई राहत, कति पर्छ अब ?

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्यांग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५ सय ५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७ सय ३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्यांग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए । कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति… पुरा पढौ

गुडिरहेको बस यसरी पुग्यो खोलामा, चालकसहित २ जनाको मृत्यु

पूर्वी रोल्पाको गुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । ग१ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।  रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रा.लि.को उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं