मुख्य समाचार

सुवास नेम्वाङप्रति महरा पुत्र निर्मलको कटाक्ष, ‘कति छिटो आँ गरेर बसेको’

यौन दुर्व्यवहारको आरोपपछि महराले राजीनामा दिए । त्यसपछि पछि भने सो प्रकरणका बारेमा मुख खोलेका छैनन् । तर, पूर्वसभामुख सुवास नेम्वाङ्गले भने, ‘‘उहाँले पार्टीको सुझावअनुसार सभामुखबाट राजीनामा दिइसक्नु भएको छ । संवैधानिक व्यवस्थाअनुसार उहाँले दिएको राजीनामा कतैबाट स्वीकृत भइरहनुपर्ने जरुरी छैन । उहाँलाई सांसदबाट पनि राजीनामा दिनु भनिएकोमा उहाँले के गर्नुहुन्छ त्यो उहाँले जान्ने कुरा हो ।’’ उता महरा पुत्र निर्मल महराले भने सामाजिक सञ्जालमा लगातार विभिन्न स्ट्याटस लेखेका छन्… पुरा पढौ

महराको पुत्ला दहन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जबर्जस्ती करणीको आरोप लागेका  कृष्णबहादुर महराको पुत्ला दहन गरेको छ । कञ्चनपुरको पुनर्वास स्थित आइबिआरडी बजारमा कम्युनिष्ट सरकारका सभामुख यौन दुराचार गरेको र नैतिक चरित्र पतन देखिएकाले महरालाई कार्वाहीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले मंगलबार पुत्ला दहन गरेको हो । नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायको नेतृत्वमा बिरोध प्रदर्शन गर्दै सभामुख महराको पुत्ला दहन… पुरा पढौ

महरालाई रोशनी शाहीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’

राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ । हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ । एम सर वान (महरा सर १ हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका… पुरा पढौ

चाडपर्वको मौका छोपेर कालोबजारी र मूल्यवृद्धि गरे कारवाही

जिल्ला प्रशासन कार्यालय कास्कीले गैरकानुनी र अवाञ्छित क्रियाकलाप भए वा हुन सक्ने अवस्था देखिए तत्काल प्रहरी वा नजिकको नागरिक सहायता केन्द्रमा खबर गर्न आग्रह गरेको छ । मंगलबार सूचना निकालेर कार्यालयले सद्भाव, प्रेम र उल्लासपूर्वक चाडपर्व मनाउन आग्रह गरेको हो । नारी जागरण अभियान पोखराले असोज ८ गते जिल्ला प्रशासन कार्यालय कास्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दसैंमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि, बढी भाडा असुली, चोरी, डकैती नियन्त्रणमा सजग… पुरा पढौ

महरा प्रकरण : महरा मेरा पिता समान, दुर्व्यवहार भएको छैन-रोशनी शाही

२४ घण्टाको समयान्तर बित्दानबिन्दै हाल राजीनामा दिएका सभामुखले बलात्कार गरेको भनी आरोप लगाउने पीडित भनिएका रोशनी शाहीको सार्वजनिक भएको भिडियोले समग्र प्रकरणमै नयाँ ट्वीस्ट आएको छ । अघिल्लो भिडियोमा शाहीले महरा आफ्नो कोठामा आएर आफूलाई बलात्कार गरेको र कुटपीट गरेको गम्भीर आरोप लगाएकी थिइन् । तर आज आएको भिडियोमा भने उनले अघिल्लो भिडियोमा  आफैंले बोलेका कुराहरुलाई पूरै खण्डन गर्दै आफूमाथि कुनै दुर्व्यवहार नभएको भन्दै बोली फेरेपछि घटना थप रहस्यमय बनेको… पुरा पढौ

राजीनामा दिएपछि सभामुखको पद रिक्त, राजीनामाको भाषाले अर्थ राख्दैन : सुवास नेम्वाङ

पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबीन प्रक्रिया नसकिएसम्मका लागि भनी लेखेको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ।  संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिनुभएका महराले मंगलबारका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिइएको उल्लेख गरेका छन्।     नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद… पुरा पढौ

दुबई दुर्घटना : ६ जना नेपालीको ज्यान गयो (मृत्यु हुनेको नामावलीसहित)

यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ । ज्यान जाने नेपालीहरूमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरूको नेपालस्थित ठेगाना भने खुलेको छैन । फस्र्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा… पुरा पढौ

नेपाली काँग्रेसको चियापान असोज २६ गते

नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले… पुरा पढौ

कोत्रे-मुग्लिन सडकमा खतराको पहिचान

पृथ्वी राजमार्गअन्तर्गत कोत्रेदेखि–मुग्लिङखण्डको प्रमुख समस्याको रुपमा रहेको खतरा पहिचान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति तनहुँको बैठकले कोत्रेदेखि मुग्लिङसम्मको ७२ किमि मूल राजमार्गमा प्रमुखरुपमा देखिने समस्या तथा खतरा पहिचान गरेको हो । पृथ्वी राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि खतरा पहिचान गरी समस्याको समाधान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष रुद्रप्रसाद पण्डितले जानकारी दिए । प्रजिअ पण्डितका अनुसार सडकको बीचबीचमा रहेका खाल्डाखुल्डी समय–समयमा मर्मत नहुँदा गाडी… पुरा पढौ

अपहरण शैलीमा युवती ल्याएर सामुहिक बलात्कार

सुनसरीको इटहरीमा सोमबार मध्यरातमा ५ जना युवाहरुले युवतीलाई बलात्कार गरेका छन । इटहरीको धरान विराटनगर सडक खण्डको पेट्रोल पम्प नजिक एक युतवीलाई बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।धरानबाट को १ ख ४६२६ नम्बरको वसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालै पालो बलात्कार गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यलय इटहरीले बलात्कार आरोपमा सुन्दरहरैचा १२ का बस चालक विकास कसई,झापा सुरुङ्गा ४ का सुरज थापा,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं