मुख्य समाचार

बुद्ध एयरको नयाँ जहाज आइपुग्यो

बुद्ध एयरलाईन्सले आज थप एक ATR-72 जहाज भित्र्याएको छ । चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४0 मिनेटमा अवतरण गर्यो । यससँगै बुध्द एयरको जहाज संख्या १३ पुगेको छ भने ATR-72 जहाजको संख्या ८ पुगेको छ । बुद्ध एयरसँग अर्को ३ वटा ATR-42 र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ । बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउन लागेको छ । नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्नेछ । आउँदा दिनहरुमा… पुरा पढौ

पोखरामा अत्याधुनिक शीत भण्डार

सरकारी र निजी साझेदारीमा रु ६ करोड ५० लाख लागतमा पोखरा महानगरपालिका–१४, चाउथेमा शीत भण्डार सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु २ करोड ५० लाख र व्यवसायीको रु ४ करोडको लागतमा स्थापना गरिएको शीत भण्डारको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । तरकारी तथा विषादीरहित रूपमा आँप, केरा, सुन्तला, मेवालगायतका फलफूल पकाउने र त्यसलाई भण्डार गरेर राख्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शीत भण्डारबाट… पुरा पढौ

‘राष्ट्रपति बन्छु भन्ने कल्पना पनि थिएन’

राष्ट्रपति कार्यालय शीतल निवासको सभाहलमा बालबालिकाहरू राष्ट्रपतिको तीव्र प्रतिक्षामा थिए । राष्ट्रपति विद्यादेवी भण्डारी आएपछि राष्ट्रिय गान बज्यो । त्यसपछि बालकहरू समिर बस्याल, प्रकाश नेपाली, सवीन तामाङ, राम भण्डारी र शिव रावलले राष्ट्रपतिलाई बाल गीतले स्वागत गरे । ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित मनाउन लागिएको ‘राष्ट्रिय बाल दिवस–२०७६’ को अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा बालबालिकाले राष्ट्रपतिसँग आफ्ना जिज्ञासा राख्न शुरु… पुरा पढौ

मन्त्री विना मगर अस्पताल भर्ना, भेट्न पुगे प्रचण्ड

खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् । भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका छन् । इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ प्रचण्ड बुहारीलाई भेट्न अस्पताल पुगेका हुन् । अस्पताल स्रोतका अनुसार मन्त्री मगरलाई पिसाबमा इन्फेक्सन देखिएको छ । उनको अवस्था सामान्य छ । पुरा पढौ

‘प्रधानमन्त्रीज्यू ! यहाँको राज्यमा को सुरक्षित छ ?’

नेपाली कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालामाथि हात भाँच्चिने गरी भएको आक्रमणको विरोधमा कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । शनिबार अपरान्ह माइतीघर मन्डलामा गरिएको प्रदर्शनमा उक्त आक्रमण गर्ने घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।  प्रदर्शनकारीहरुले ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भन्ने व्यानर प्रदर्शन गरेका थिए । प्लेकार्ड बदलासमेत लिने गरी धम्की दिइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिहरुको अगुवाइमा विरोध प्रदर्शन भएको हो… पुरा पढौ

उपनिर्वाचन प्रभावित हुने नेकपाको चिन्ता

नेकपाकै नेताहरुकाअनुसार अंगिकृत नागरिकलाई सिधा असर पर्ने विषय भएकाले यसबारे तत्काल निर्णय नगर्न शीर्ष नेताहरुले आग्रह गरेका छन् । १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । त्यसको पूर्वसंध्यामा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गर्दा तराई मधेसको जनमत भडि्कने र स्थानीय चुनाव प्रभावित हुने नेकपाको डर छ । यस्तै ज्वाइँलाई १५ वर्षपछि नागरिकता दिने विषयमा पनि राजनीति हुन सक्ने उसको डर छ । समिति बैठकमै राजपाका संयोजक यादवले तत्लको राजनीतिक… पुरा पढौ

नागरिकता विधेयक रोक्न शीर्ष नेताको फोन

मतदान नै गरेर भए पनि नागरिक विधेयक पास गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको प्रयास असफल भएको छ । अब यो विधेयकको वैवाहिक अंगीकृत नागरिताबारे शीर्ष तहमा सहमति खोजिनेछ । शनिबारको बैठक सुरु हुनुुपूर्व सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु मतदान गरेरै भएपनि नागरिकता विधेयक पास गर्ने पषमा देखिएका थिए । उनीहरु विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने पक्षमा छन् ।… पुरा पढौ

नेपाल तरुण दल : महासचिवले पनि गरे अध्यक्षलाई वर्खास्त

आन्तरिक विवादमा फसेको नेपाल तरुण दलका अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरेका छन् । अनुशासनहीन गतिविधि गरेको भन्दै अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गरेका थिए । त्यसको जवाफमा शाहीले पनि चारबुँदे आरोप लगाएर अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको विज्ञप्ति जारी गरेका छन् । यसअघि अध्यक्ष र महासचिवले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेका थिए । पुरा पढौ

तरुण दलमा २ जंगेबीच लडाई : अध्यक्षद्धारा महासचिव बर्खास्त

नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले महासचिव भुपेन्द्र जङ्ग शाहीलाई कारबाही गरेका छन् । पदीय मर्यादा, जिम्मेबारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समय तरुण दलमा अध्यक्ष र महासचिवबीच विवाद हुँदै आएको थियो । पुरा पढौ

फरार अभियुक्तको सत्कारमा सिडियो र एसपी, संरक्षक मन्त्री

एक फरार अभियुक्तलाई नेपाल सरकारका मन्त्रीदेखि गुल्मी जिल्लाका सिडियो, एसपीसहितका सुरक्षा निकायका प्रमुखहरुले स्वागत सत्कार गरेका छन् । गुल्मीको साविक वस्तु गाविस वडा नम्वर ३ का विजय भण्डारी वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियक्त हुन् । विष्णु प्रपन्चार्यको उपनामले र केही वर्ष यता बालयोगेश्वर महराजको उपनामले विभिन्न स्थानमा महयज्ञका प्रमुख वाचक रहँदै आएका भण्डारी वैदेशिक रोजगार न्यायधीकरण इजलासबाट  वैदेशिक रोजगारको ठगी कसुरमा १ वर्ष ५ महिना र २६ दिन कैद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं