मुख्य समाचार

न्यायाधिवक्ताको सवारी मोह

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा विवादमा तानिएका छन् । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा सरकारी सवारीसाधनलाई रीत पुर्याएर निजी बनाउन सकिने व्यवस्था गरेपछि झा आलोचनामा परेका हुन् ।  ऐनको अनुसूची १ दफा १४ सँग सम्बन्धित मुख्य न्यायाधिवक्ताको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी शीर्षकमा तल नोट लेखी ४ वटा शीर्षकमा सरकारी सवारीसाधनलाई निजी बनाउन सकिने प्रावधान थपिएको छ । यो समाचार… पुरा पढौ

ऋण तिर्न नसकेर आत्महत्या

वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी ।  छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरु माध्यम थिएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्,’ त्यही पीरले झुण्डिएर आत्महत्या गरेछ ।’ घरबहादुर जस्ता थुप्रै व्यक्तिले आत्महत्या… पुरा पढौ

गृहमन्त्रीका भाइले किन भेटे कैदी ?

फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् ।  ब्युरोसँगको बयानमा नरेशले फिरौती संलग्न धन्दाका आठ आरोपीमध्ये तीन जनालाई चिनेको बताएका छन् । … पुरा पढौ

विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन भएका छन् ।   अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन भएका हुन् । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्राडा सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा तामेर अताबारुत (टर्की) चयन भएका छन् ।  सो सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश,… पुरा पढौ

पोखराका वडाध्यक्षको गुनासो : मेयरका मान्छे कमिसनमा लागे

पोखरा महानगरपालिकाका एक वडाध्यक्षले महानगरभित्र चरम भ्रष्टाचार र कमिशनको खेल भइरहेको दाबी गरेका छन् । पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले वडाबाट जनप्रतिनिधिले सर्वसम्मत रुपमा महानगरमा पेश गरेका योजनासमेत कमिशनको खेलमा बदलिएर आउने गरेको खुलाए । तिमिल्सिना र मेयर दुवै नेकपाबाटै निर्वाचित हुन् । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वडा कमिटी पोखरा २५ को शपथ ग्रहण कार्यक्रममा तिमिल्सिनाले वडाबाट छनोट भएका योजना रातो कितावमा नआएकोमा गुनासो गरे । उनले भने, यो त… पुरा पढौ

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि नागरिकता !

विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने भएको छ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ । सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको तयार पारेको प्रस्तावअनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने छैनन् । सुरुमा वैवाहिक नेपाली परिचयपत्र पाउनेछन् र बिहे गरेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता पाइनेछ । हाल नेपाली पुरुषसँग बिहे… पुरा पढौ

मनकामना केबलकार सञ्चालन

मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङ लगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म ५ दिन बन्द गरिएको थियो । शुक्रबार बिहानदेखि पुनःनियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उसले… पुरा पढौ

विप्‍लवका सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बारा जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । शुक्रबार दिउँसो बाराबाट विप्लव समूहका जिल्ला सेक्रेटरी शतिश मिश्र पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । उनका अनुसार देशैभर सुरू गरेको सर्च एन्ठ एरेस्ट अभियानअर्न्तगत उनलाई पक्राउ गरेको हो ।  आजै प्रहरीले ‘विप्लव’ समूहकै बाजुरा सहसेक्रेटरीलाई पक्राउ गरेको थियो । बाजुराको प्रहरी टोलीले बाजुरा बुढीगंगा नगरपालिका-७… पुरा पढौ

नेपाल वायुसेवाको विश्वसनीयता खस्किँदै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन । हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ । उडान सफल भएका दुई सेवामा बिहान ७.३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६.३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका लागि उडेको थियो । अरू सबै उडान रद्द गरिएका थिए । धनगढी जाने… पुरा पढौ

केरुङ-काठमाडौँ रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने

छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ ।  यसअघि चीनले रेलमार्ग सन् २०२० सम्म सिगात्सेमा ल्याउने लक्ष्य राखेको भए पनि भौगोलिक विकटताका कारण देखाउँदै समय पछि धकेलेको हो । सो रेलमार्गको दूरी ५४० किलोमिटर हुनेछ । तर, केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि चीनको प्र्राथमिकता नरहेको बुझिएको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं