मुख्य समाचार

३ दिन मनसुन सक्रिय, मेघगर्जन-चट्याङसहित बर्षा हुने

मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ रहेको छ । आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको… पुरा पढौ

तरुण दलभित्र दुई जंगेको लडाइँ, ज्यान मार्नेसम्मको धम्की !

नेपाली कांग्रेसभित्रको गुटगत झगडा भ्रातृ संगठन नेपाल तरुण दलमा चर्को रुपले उठेको छ । संगठनभित्र २ जंगेबीचको लडाइँले उग्ररुप लिएको छ । संगठनसम्बन्धी निर्णय र भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाही वक्तव्यबाजीमा उत्रिएका हुन् । सो विषयलाई लिएर आफूमाथि अध्यक्ष बस्नेतले ज्यान मार्ने धम्र्कीसमेत दिएको महासचिव शाहीको आरोप छ । तर अध्यक्ष बस्नेतले भने महासचिवलाई फोन नै नगरेको बताए । उनले… पुरा पढौ

स्मार्ट सिटी पोखरा : महेन्द्रपुल-रानीपौवा सडकको यस्तो दूरावस्था

पोखरा सुन्दर नगरी हो । नेपालकै प्रमुख पर्यटकीय राजधानी पनि हो । साथै गण्डकी प्रदेशको राजधानी पनि पोखरा नै हो । तर यहाँका सडकको अवस्था हेर्ने हो भने निकै दयालाग्दो अवस्था छ । साढे २ वर्ष अघिको महानगरको चुनावमा ‘स्मार्ट सिटी’ को नारा खुबै घोकाइएको थियो । स्मार्ट सिटी भन्दै ठूला ठूला भाषण अनि सपना पनि बाँडिएको थियो । तर यतिका समय बित्दा पनि सडक नयाँ बनाउनु त परै जावस्… पुरा पढौ

छुटे विप्लवका छोरा प्रकाश चन्द

बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका सरकारद्वारा प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पक्राउ परेका प्रकाश चन्दलाई रिहा गरिएको पुष्टि गरे ।  चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बिहान भएको झडपको क्रममा… पुरा पढौ

यात्रुबाहक बसमा यसरी लगाइयो आगो

पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रुबाहक बसमा अज्ञात समुुहलेे आगजनी गरेेेको छ।  महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले विहिवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो। बसमा सवार यात्रुहरु सुरक्षित रहेका छन् । आगजनीबाट बसमा लाखौंको क्षती भएको छ। थप बिवरण आउन बाकी रहेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  गन्तव्यमा गइरहेको सवारीलाई रोकेर कस्ले कुन… पुरा पढौ

१८ करोड कर मिनाहा गराउन परराष्ट्रको यस्तो चलखेल

मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौँ रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ । आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ । तर कानुनले तोके पनि १० वर्षदेखि वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन् । अहिले यस्तो करको रकम… पुरा पढौ

नागरिकता विधेयकः बहुमतीय प्रक्रियाबाट विवाद टुङ्ग्याउने तयारी

एक वर्षदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका क्रममा विचाराधीन नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवाद बहुमतीय प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको छ । वैवाहिक अङ्गीकृत नागरिकता जारी गर्नेलगायतका विवादमा सहमति नभएपछि विधेयकका केही प्रावधानलाई प्रक्रियाबाट टुङ्गोमा पुर्याउने तयारी थालिएको हो । समितिको बिहीबारको बैठकमा सहमतिको अन्तिम प्रयास गर्ने र सोपछि पनि विवादमा सहमति नभएमा बहुमतीय प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको हो । विधेयक एक दुई दिनमै समितिबाट… पुरा पढौ

विकल्प छँदै करारमा कर्मचारी, ४१८ ले नियुक्ती लिँदै

स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै संघीय सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ । मासिक तलब/भत्ता र अन्य सेवासुविधासहित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबसँग विश्वेश्वर कार्यक्रममा लागि ७७ जिल्ला समन्वय समितिमा जिल्ला समन्वयकर्ता र ३४१ स्थानीय तहमा सामाजिक परिचालक नियुक्त गर्न लागेको हो । मन्त्रालयसँग संघमा रहेका फाजिल कर्मचारीलाई कार्यक्रम व्यवस्थापकका रुपमा परिचालन गर्ने वा स्थानीय तहबाटै त्यसको… पुरा पढौ

गृहमन्त्री रामबहादुर थापाका आफ्नै भाई पक्राउ

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले भारतबाट पक्रेर ल्याएको थियो ।… पुरा पढौ

आफ्नै छिमेकी १० जनाद्धारा किशोरी बलात्कृत, अस्पताल भर्ना

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेखुवानमा कार्यालय हिँडेकी १९ वर्षीया किशोरी १० जनाद्वारा बलात्कृत भएकी छिन् ।  आइतबार भारतिय सिमासँग जोडिएको सुस्तामा कार्यालय हिँडेकी किशोरीलाई १० जनाको समुहले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । सामुहिक बलात्कार गर्नेहरुमध्ये ९ जनालाई पश्चिम नवलपरासीको प्रहरीले पक्राउ गरेको छ ।   मोटरसाईकलको पछाडि बसेर आइतबार विहान करिव ९ बजे कार्यालय जाँदै गरेकी  १९ बर्षीया किशोरीलाई मोटरसाईकल चालकले रोकेर फोन गरिरहेको बेला ती किशोरीलाई मोटरसाईकलबाट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं