मुख्य समाचार

रामबहादुर थापाका भाइको गुन्डा नाइकेसँग थियो यस्तो ‘कनेक्सन’

गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ ।  निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो । थापा गत मंगलबार पक्राउ परेका छन् ।  कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपिन ओझाले तत्कालिन माओवादी… पुरा पढौ

मन्त्री मातृका यादवका ज्वाइँ तथा सांसद यादवलाई जेल सजाय

बहुविवाह मुद्दामा अदालतबाट जेल सजाय पाएका प्रदेश २ का एक सांसदको बिषयमा अदालतले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । नेकपाका सांसद दिलिपकुमार साहलाई बहुविवाह मुद्दामा धनुषा जिल्ला अदालतले एक बर्षको कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । २०७२ साल जेठ १३ गते नै धनुषा जिल्ला अदालतले साहबिरुद्व यो फैसला सुनाएको थियो । जिल्ला अदालतको यो फैसलाबिरुद्व साहले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पुनरावेदन (अहिलेको उच्च अदालत) ले पनि… पुरा पढौ

सन्नी लियोन नेपाल आउँदा….

नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी बलिउड अभिनेत्री सन्नी लियोनी सोही फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् ।  बिहीबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएकी उनी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा सहभागी बनिन् । सन्नी साढे ६ बजे नै कुमारी हल पुग्ने भनिएपनि राती पौनै ९ बजेमात्रै त्यहाँ पुगेकी थिइन् । हल परिसरमा सन्नी पुग्दा लाखे नाच र पञ्चकन्याले स्वागत गरिएको थियो ।  ठूलो संख्यामा मिडियाकर्मी र फ्यानहरु… पुरा पढौ

एचपीको प्रेस, कर्पोरेट र रिसेलर मिट

विश्वविख्यात एचपी ब्राण्डको नेपालकै आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशनले बुधबार ‘एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट आयोजना गर्यो । कार्यक्रममा एचपीका एसिया र कोरिया क्षेत्रका प्रबन्ध निर्देशक साहिद खान, एचपीका कन्ट्री म्यानेजर इभान वङलगायतले व्राण्ड र त्यसका उत्पादित सामानको विशेषताका बारेमा जानकारी गराए । एचपीका कन्ट्री म्यानेजर इभान वङले ह्याकरलेसमेत ह्याक गर्न नमिल्नेगरी प्रोटेक्ट गर्न सकिने सामग्रीहरु एचपीले उत्पादन गर्दै आएको दाबी गरे । उनले गुणस्तरमा अब्बल भएपनि गुणस्तर… पुरा पढौ

पानीमा डुबेर ३ बालिकाको मृत्यु

रौतहटमा पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ । माछा मार्न गएका इशनाथ नगरपालिका १ वन्जराहाका तीन बालकको शव पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बृजनन्दन यादवका १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साहका ७ वर्षकी छोरी सरिता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए । धान खेतसँगैको खाल्डोमा माछा मार्न गएका तीन बालिका डुवेका थिए ।… पुरा पढौ

कास्कीका एलेन गुरुङलाई अपहरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कदा एलेन गुरुङ अपहरणमा परेका छन् । कास्की जिल्ला घर भएका एलेन गुरुङ एयरपोर्ट बाहिरिने क्रममा अपहरणमा परेका हुन् । उनलाई सिन्धुपाल्चोकका दिनेश लामासहित चारजनाको समूहले अपहरण गरेको हो । अपहरण परेको सूचना पाएसँगै गुरुङ र चार जना अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले बताए । कालीमाटी वृतका प्रमुख एवं डीएसपी रुगम कुवँरको खटिएको टोलीले अपहरणकारीलाई सोल्टीमोड मार्गनजिकै रहेको हङग्री एण्ड… पुरा पढौ

सञ्जीव राई पनि शहीद

सरकारले भोजपुर घटनामा मारिएका प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गरेको छ ।सरकारले मृतकको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने गत भदौ २२ गते बसेको मन्त्रिपरिषदको निर्णय छ । त असार २५ गते भोजपुरको हटियामा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान राईको मृत्यु भएको थियो । सोही घटनामा प्रहरी जवानसँगै र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको पनि मृत्यु भएको थियो । पुरा पढौ

सांसद र मेयर सडकमा

ओखलढुंगा–रुम्जाटार सडकखण्ड दोसो पटक म्याद थपिँदा समेत नबनेपछि सांसद र मेयर सडकमा उत्रिएका छन् । प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार र सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले सडक निमार्णमा भैरहेको ढिलासुस्तीबारे अनुगमन गरेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडादेखि वडा नम्बर ४ रुम्जारटारको विमानस्थलसम्मको ११.१ किलोमिटर मोटरबाटो कालोपत्रेका लागि दोस्रोपटक म्याद थपिँदा समेत पुरा हुन सकेको छैन । सडक कालोपत्रेको जिम्मा लिएको निमार्ण कम्पनी तामाङ्ग कुमार जे.भीले बिभिन्न बाहाना देखाएर… पुरा पढौ

कांग्रेस कार्यक्रममा नेकपाको आक्रमण, ६० जना घाइते

नेपाली कांग्रेसले जारी राखेको राष्ट्रिय जागरणको दोस्रो दिनमा बाँकेमा भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले हस्तक्षेप गरेका छन् । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ को खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा कार्यक्रम भइरहेका बेला नेकपाका वडाध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका नेकपाका कार्यकर्ता कार्यक्रमस्थल प्रवेश गरेर सांघातिक आक्रमण गरेको कांग्रेसले जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेकपाका खजुरा गापा वडा नम्बर १… पुरा पढौ

मलेसिया रोजगारी खुल्यो

१५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ। नेपाल र मलेसियाको संयुक्त प्राविधिक टोलीबीच मंगलबार र बुधबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि बिहीबार भएको वार्तापछि कामदार पठाउने बिषयमा सहमति भएको हो। संभवतः आजै सम्झौता सार्वजनिक भएपछि कामदार पठाउने बाटो खुल्ला हुनेछ। २०७५ जेठ २ मा भिसा प्रक्रियादेखि स्वास्थ्य परीक्षणमा बढी शुल्क लिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन रोकेको थियो। मलेसियामा बार्षिक १ लाख ५०… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं