मुख्य समाचार

अबको ५० वर्ष कम्युनिष्टको सरकारः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।  झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताए । उनले भने, “आम जनताले पाँच… पुरा पढौ

पोखरामा डेंगु हल्लामात्रै हो : मेयर जिसी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा फैलिएको भनेको डेंगु महामारी हल्लामात्र भएको बताएका छन् । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा मेयर जिसीले रुघाखोकी लागेका व्यक्तिलाई पनि डेंगु लागेको भनेर हल्ला फिंजाइएको बताए । ‘रुघाखोकी अघिल्ला वर्षमा पनि लागेका थिए । ज्वरो अघिल्ला वर्षमा पनि आएका थिए । उपचारका लागि अस्पतालमा पनि गएका थिए’, उनले प्रश्न गरे, ‘तर यसवर्ष कसले कहाँबाट हल्ला फिँजायो ?’ रुघाखोकी लागेका र ज्वरो आउँदैमा डेंगु नहुने… पुरा पढौ

मेयर मानबहादुर जिसीलाई कुर्दाकुर्दा….

पोखराको मुटु चिप्लेढुंगास्थित एक हलमा आयोजित पोखराकै एक परिचित संस्थाको महत्वपूर्ण कार्यक्रम । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण । कार्यक्रमको ११ बजे शुरु हुने भनिएता पनि ११ः३० मा शुरु भएको थियो । प्रमुख अतिथि जिसीको पर्खाइसंगै कार्यक्रम विस्तारै अघि बढ्दै गयो उद्घाटन बाँकी राखेर । स्वागत भयो, संस्थाको बारेमा चर्चा गरियो, विभिन्न व्यक्तित्वलाई सम्मान गरियो । नयाँ कार्यसमितिको पदस्थापन, शपथ ग्रहण पनि भयो । प्रमुख अतिथि… पुरा पढौ

आत्महत्याको सोचाइलाई कसरी कम गर्ने ?

आत्महत्याको विचार व्यक्त गर्नु र उसमा आत्महत्यासम्बन्धी कुराहरू बारम्बार व्यक्तिले गर्छ भने केही समस्या छ भन्ने बुझ्नुपर्छ । समस्या समाधानका लागि सहयोग सम्झनुपर्छ । त्यसका लागि व्यक्ति आफैँ, परिवारका सदस्य र समुदायको महत्वपूर्ण भूमिका रहन्छ । व्यक्ति आफैँको भूमिका –नकारात्मक सोचाइ नराख्ने । –एक्लै नबस्ने । –आफ्नो मन र शरीरलाई माया गर्ने, आफूलाई नोक्सान नपु¥याउने । –समस्या व्यवस्थापनका लागि सहयोगी निकायको खोजी गर्ने । –आत्महत्याले पर्न सक्ने नकारात्मक असरको मूल्याङ्कन… पुरा पढौ

बाँके घटनाका दोषीलाई कारवाही गर्छु : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन्। नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन्। “हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”, उनले भने। गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए।… पुरा पढौ

संसद चल्न नदिने देउवाको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न जोडदार माग गरेका छन् । विहिबार बाँकेको सीतापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण कोइरालासहित अन्य केही घाइते भएका थिए । उक्त घटनाका दोषीलाई कारबाही नभए संसद अवरुद्ध गर्ने सभापति देउवाले चेतावनी दिएका हुन् ।  पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरा नागपालिका २ सीतापुरमा विहिबार आयोजित कार्यक्रम नेकपाका कार्यकर्ताले… पुरा पढौ

प्रचण्ड पूर्व एमालेको घेराबन्दीमा, यसरी बनाइयो असफल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध पूर्व एमालेहरुले चितवनमा व्यापक घेरावन्दी गरि असफल गराउने सिलसिला शुरु भएको छ। पूर्व एमालेहरुले प्रचण्ड बिरुद्ध निरन्तर रुपमा घेरावन्दी गरि असफल गराउन लागिपरेको पूर्व माओवादीहरुले पटक पटक भनिरहेको बेला प्रचण्डलाई नै चकित तुल्याउने गरि उनी बिरुद्ध प्रहार भएको छ।  घेरावन्दीको क्रममा प्रचण्डका आफ्ना पारिवारिक नातेदारलाई हराएर पूर्व एमालेहरुले प्रचण्ड बिरुद्ध औपचारिक रुपमै मोर्चा खोलेका छन्। प्रसंग हो निर्माण व्यवसायी महासंघ चितवनको निर्वाचनको। प्रचण्डको आफ्नै सालो… पुरा पढौ

यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?

भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ ।  अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको थियो ।  सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर… पुरा पढौ

नेपाली सेनामा अनियमितता

माओवादी लडाकु समायोजन पूरा भएको ५ वर्ष बितिसक्दा पनि नेपाली सेनाको बन्दोबस्ती सम्बन्धी सामग्री बिनाप्रतिस्पर्धा खरिद भइरहेको छ । लडाकु समायोजन प्रक्रिया सुरु भएपछि जारी कार्यविधिलाई नै अहिलेसम्म निरन्तरता दिँदा सामान आपूर्तिमा खुला प्रतिस्पर्धा हुन नसकेको हो ।  विसं २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा नेपाली सेनाले हातहतियार, गोलीगट्ठालगायत सामग्री खरिद तथा सिपाही भर्ना गर्न नपाउने उल्लेख थियो । त्यही प्रावधानका कारण नियमित प्रक्रियाबाट सैन्य सामग्री आपूर्ति गर्न समस्या… पुरा पढौ

चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्प

सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख बढी रकम असुली गरेको पाइएको छ । ठगीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प छ । अस्पतालका दैनिक सेवा भने सञ्चालनमा छन् ।  शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशन दिएको थियो ।  चितवन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं