आत्महत्याको सोचाइलाई कसरी कम गर्ने ?

आत्महत्याको विचार व्यक्त गर्नु र उसमा आत्महत्यासम्बन्धी कुराहरू बारम्बार व्यक्तिले गर्छ भने केही समस्या छ भन्ने बुझ्नुपर्छ । समस्या समाधानका लागि सहयोग सम्झनुपर्छ । त्यसका लागि व्यक्ति आफैँ, परिवारका सदस्य र समुदायको महत्वपूर्ण भूमिका रहन्छ ।

व्यक्ति आफैँको भूमिका
–नकारात्मक सोचाइ नराख्ने ।
–एक्लै नबस्ने ।
–आफ्नो मन र शरीरलाई माया गर्ने, आफूलाई नोक्सान नपु¥याउने ।
–समस्या व्यवस्थापनका लागि सहयोगी निकायको खोजी गर्ने ।
–आत्महत्याले पर्न सक्ने नकारात्मक असरको मूल्याङ्कन गर्ने ।
–अरुको सहयोग माग्ने र लिने ।

परिवारले गर्न सक्ने सहयोग
–व्यक्तिको गुनासा र समस्याहरु ध्यान दिएर सुन्ने ।
–भावनाहरु पोख्ने वातावरणको सिर्जना गर्ने ।
–परिवारको कुन सदस्यसँग कुराकानी गर्न सहज मान्छ, त्यो पत्ता लगाउनुपर्छ । उसैसँग समस्याहरु भन्ने वातावरण बनाइदिनुपर्छ । जीवनका सकारात्मक पक्षलाई जोड दिनुपर्छ ।
– मर्नेबाहेक अन्य विकल्पको खोजी गर्ने ।
–व्यक्तिलाई एक्लै नछोड्ने ।
–राति सुतेको बेलामा ध्यान दिएर सुत्ने ।
–मार्नका लागि सामग्री नै लुकाएर राखेको भए हटाउने, सुरक्षित रहन वाचा गर्ने ।
–जोखिम छ भन्ने लागेमा आफन्त र छिमेकीलाई खबर गर्ने ।
–तुरून्त स्वास्थ्य संस्था लग्ने ।

समुदायले गर्न सक्ने सहयोग
–परिवारका सदस्यहरु आत्तिएका हुन्छन्, त्यस्तो अवस्थामा समुदायका व्यक्तिहरुको प्रेरणा र प्रोत्साहन चाहिन्छ ।
–सकारात्मक व्यवहार गर्ने ।
–समस्या समाधानका लागि विकल्प खोजिदिने ।
–जीवनप्रति आशा जाग्ने खालका कुराहरु गर्नुपर्छ ।
–सामाजिक तिरस्कार नगर्ने ।
–उपचारका लागि स्वास्थ्य संस्था लैजान सहयोग गर्ने आदि ।

यस्ता उपायहरु लागू गर्दा पनि समस्या बढ्न थाल्यो भने तुरून्त मनोविमर्शकर्ता, मनोविद्, मनोचिकित्सकको सहयोग लिने । मनोविमर्श सेवाले व्यक्तिका मनसँग सम्बन्धित भावनात्मक समस्यालाई व्यवस्थापन गर्न सहयोग मिल्नेछ ।

समस्या व्यवस्थापनका लागि मर्नेबाहेक अन्य विकल्प देख्नेछन् । समस्यालाई सकारात्मकरुपले लड्न प्रेरणा मिल्छ भने र समस्या धेरै नै गम्भीर छ भने औषधिसहित मनोवैज्ञानिक सहयोगको आवश्यकता पर्छ ।