मुख्य समाचार

मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा ।  यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवादले कामकारबाही सहजरुपमा अघि बढ्न सकेको छैनन् । समस्या ज्यूँका त्यूँ छन् । नगरपालिकामा पनि प्रमुख मेयर–उपमेयरबीच बोलचाल छैन ।  त्यसले नगरका कामकारवाही… पुरा पढौ

मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री

विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भागे । यो दौडभूप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पुर्याएर लैजान पाइन्छ ।  गत वर्ष उनीहरु केन्द्रमा पुगे र आफूहरुलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले उनीहरुलाई नक्सालस्थित बालमन्दिर पठाइदियो । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो… पुरा पढौ

ज्योतिषी भन्छन्,‘रवि लामिछानेको ठूलो मान्छे बन्ने योग छ’

पत्रकार रवि लामिछानेको बारेमा ज्योतिषी दिपक सुवेदीले बताएको एक विशेष भिडियो सार्वजनीक भएको छ । सगरमाथा टेलिभिजनको हलमा भइरहेको एक कार्यक्रममा आएको प्रश्नको उत्तर दिने क्रममा ज्यो. सुवेदीले रविलाई यो घटनाले विशेष उपलब्धि दिने तर्फ संकेत गरेका छन्।  विशेष ग्रह लिएर आएका व्यक्तिहरुलाई समय समयमा विभिन्न कष्ट, संघर्ष हुने तर त्यसले अन्ततः उसलाई ठूलै उपलब्धि दिने हुन्छ । दुःख पर्यो भन्दैमा डराउन हुँदैन सुवेदीले भनेका छन् । भगवान राम, कृष्ण,… पुरा पढौ

रवि र अनिलकै बयान बाझिएपछि…

पत्रकार शालिकराम पुडासैनी दुरुत्साहन अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का टिभी प्रस्तोता रवि लामिछाने र सोही संस्थामा कार्यरत क्यामराम्यान अनिल ढुंगेलको बयान बाझिएको छ ।  प्रहरीसँगको बयानमा रविले शालिकरामकी प्रेमिका भनिएकी अस्मितालाई नचिनेको बताएका छन् । रविले बयानमा ‘रुकु’ भन्ने अस्मितालाई चितवनको थुनुवा कक्षमा मात्रै चिनेको बताएका हुन् । रविले आत्महत्याको दुई÷तीन दिनअघि अस्मिता न्युज २४ को कार्यालयमा आएको र क्यामराम्यान अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने… पुरा पढौ

रवि लामिछाने निर्दोष प्रमाणित भएका हुन् ?

पत्रकार रवि लामिछानेलाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेपछि यसबारेमा धेरैतिर चासो व्यक्त भएको छ । धरौटीमा रिहा हुनु भनेको निर्दोष प्रमाणित भए सरह भएको भन्दै रवि समर्थकहरु खुसी देखिए भने कानुनका जानकारहरु भने धरौटीमा रिहा हुनु भनेको कसुर प्रमाणित हुने आधार बाँकी नै रहेको टिप्पणी गर्छन् । कुनै पनि कसुर लागेका व्यक्तिका सन्दर्भमा अदालतले गर्ने तीन प्रकारका आदेश हुन्छन् । जेल सजाय, धरौटीमा रिहा र साधारण तारेखमा छाड्ने ।… पुरा पढौ

भट्टराई र रावलको चल्यो ट्वीटर दोहोरी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलबीच ट्वीटरमा बहस चलेको छ । सुरुमा रावलले भदौ ७ गते टीकापुरमा भएको सभालाई डा. भट्टराईले सम्बोधन गरेको भिडियो युट्युबमा सुनेको भन्दै त्यसउपर कडा प्रतिक्रिया जनाए । उनले उक्त ट्वीटमा कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट होलान् ! भन्दै भट्टराईप्रति कटाक्ष गरेका थिए । ‘भाद्र ७ गते टीकापुर सभामा बाबुराम… पुरा पढौ

सभामुखले संसद र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाए के हुन्छ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठकप्रति आपत्ति जनाएको छ। मन्त्रिपरिषद्‌को बैठक विदेशबाट बसाउने परिपाटीले गलत नजिरको विकास हुने भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत आपत्ति जनाएका छन्। ‘कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिर आधार मानेर भोलि सभामुखले संसद् र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउन कर्म गरे देशलाई त्यो पाच्य होला?,' उनले सरकारलाई प्रश्न गरेका छन्। शीघ्र स्वास्थलाभ गरेर स्वदेश फर्कनोस्, जनताले दिएको म्यान्डेड बमोजिम… पुरा पढौ

सरकार नै भ्रष्टाचारको सूत्राधार र संरक्षक : चालिसे

देवराज चालिसे नेपाली कांग्रेसका वैचारिक र तार्किक नेता हुन् । महासमिति सदस्य चालिसे गएको प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नं. २ बाट उम्मेद्वार थिए । उनी वाम गठबन्धनका उम्मेद्वार रवीन्द्र अधिकारीसँग पराजित भएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका अधिकारीको गत फागुन १७ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा कांग्रेसले वडा वडामा प्रतिनिधि खटाइसकेको छ… पुरा पढौ

झण्झटमुक्त सेवाप्रवाह गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन। पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा बोल्दै गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक रुपले झण्झटमा पार्ने काम जनप्रतिनिधिबाट हुनुहुँदैन, यस्तो गतिविधिले देश बन्न सक्दैन भनेका छन्। भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको विकासमा नेपाल सरकारबाट नियमित बजेट विनियोजन हुने व्यवस्था मिलाइएको जानकारी दिँदै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास कोषमा आउने बजेट पनि रामग्राममा ल्याउन स्थानीय जनप्रतिनिधिले… पुरा पढौ

अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालको आयव्यय सार्वजनिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं