मुख्य समाचार

रविको सम्पति छानबिन गर्दै प्रहरी

थुनामा रहेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीको बैंक खाता छानबिन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले लामिछाने लगायतको बैंक खाताको विवरण माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र काटेको छ । अभियोगपत्रमा समावेश पत्रअनुसार तीनैजना प्रतिवादीको नेपालका वाणिज्य बैंकमा भएका खाता र तिनको विवरण माग गरिएको छ । सो अभियोगपत्र चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । आत्महत्याअघि पत्रकार शालिकराम पुडासैनीले बनाएको भिडियोमा रविसहित सीधा… पुरा पढौ

रवि लामिछाने : कार्यक्रम चलाउन पाउने, विदेश जान नपाउने

जिल्ला अदालत चितवनले रवि लामिछानेसँग पाँच लाख धरौटी माग गरेको छ । पाँच लाख बुझाएमा लामिछाने रिहा हुनेछन् ।  न्यायाधीश हेमन्त रावलको इजलासले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश गरेका हुन् । आदेशमा पुडासैनी आत्महत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेकाले सोबारे टेलिभिजन कार्यक्रममा बोल्न नपाउने पनि उल्लेख छ । लामिछाने आफ्नो कार्यक्रम चलाउन भने पाउने छन्  पुरा पढौ

रविले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउने

शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ । साथै रवि र युवराजलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका… पुरा पढौ

रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको… पुरा पढौ

नेकपामा यी नेताले पाए जिम्मेवारी (सूचीसहित)

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केही केन्द्रीय नेताको कार्यविभाजन हेरफेर गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले ६ जिल्लामा सहइन्चार्ज चयन गर्नुका साथै पर्साको इन्चार्ज चयन गरेको हो ।  जनसङ्गठनमा सहइन्चार्ज पनि थपेको छ । पछिल्लो कार्यविभाजनअनुरूप ताप्लेजुङको सहईञ्चार्जमा तिलकुमार मेन्याङ्बो, सुनसरी जिल्लाको सहईञ्चार्जमा भगवती चौधरी, सिराहा सहईञ्चार्जमा प्रमोदनारायण यादव, सिराहा सहइन्चार्जमा हरिनारायण चौधरी, कास्की, सहईञ्चार्जमा चुडामणि जंगली, कैलाली सहईञ्चार्ज दीपक देवकोटालाई चयन गरेको छ । त्यस्तै आजको बैठकले… पुरा पढौ

सर्वोच्च अदालतको फैसला एनसेलकै पक्षमा

सर्वोच्च अदालतले एनसेलको कर विवाद मुद्दामा एनसेलकै पक्षमा फैसला गरेको छ । सोमबार बृहत् पूर्ण इजलासले एनसेल कर निर्धारण प्रक्रिया विवादको मुद्दामा सुनुवाई गर्दै ठूला करदाता कार्यालयले गरेको कर निर्धारण बदर गरेको हो । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी,  डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलाशले यस्तो फैसला सुनाएको हो । तीनपटक निसु (निर्णय सुनाउने) सरेपछि आज चौथो पटकमा फैसला सुनाइएको हो । आदेशअनुसार अब ठूला करदाता कार्यालयले… पुरा पढौ

पुडासैनी आत्महत्या प्रकरण : अनिलको यस्तो बयान

न्यूज२४ टिभीमा २ वर्षदेखि क्यामेराम्यानको रुपमा कार्यरत अनिल ढुंगेलले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु २ दिनअघि अस्मिता भन्ने रुकु कार्की न्यूज२४ को कार्यालय आएकी बयान दिएका छन् । ढुंगेल उनै हुन् जो पुडासैनी र रुकुको सम्बन्धलाई लिएर रवि लामिछाने र युवराज कँडेलसम्म पुग्ने व्यक्ति हुन् । अस्मिता उनीमार्फत नै न्यूज २४ टिभीसम्म पुगेकी थिइन् ।  बयानमा ढुंगेलले शालिकरामले नक्कली फेसबुक आइडी समेत बनाएर अस्मितालाई पठाएको म्यासेजको स्क्रिनसर्ट अस्मिताले आफूलाई पठाएको… पुरा पढौ

‘बेरोजगारीका कारण चितावनमा भिड बढेको हो’:सांसद महत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने पनि बताए । देशमा धेरै व्यक्ति बेरोजगार भएकाले चितवनमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीको संख्या बढेको सांसद महतको भनाइ छ । उनले भने ‘श्रम मन्त्रालय अहिले रोजगारीमा जान पनि नदिने रोजगारी भएकालाई पनि फिर्ता ल्याएर बेरोजगार बनाइदिने… पुरा पढौ

पत्रकार ओम हमाललाई पक्राउ गर्नुको कारणसहित सर्वोच्चमा उपस्थित गराउन आदेश

पत्रकार ओम हमालाई सर्वोच्च अदालतमा उपथित गराउन अदालतले आदेश दिएको छ । हमाललाई केही दिन अघि कास्की प्रहरीले पक्राउ गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसले पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिइएको हो । पुरा पढौ

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा पुनः सुधीर शर्मा

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा पुनः नियुक्त भएका छन् । नारायण वाग्लेले प्रधान सम्पादकबाट राजीनामा दिएका छन् भने शर्मालाई सोमबार नै प्रधान सम्पादकमा नियुक्त गरिएको छ । शर्माले करिब एकवर्ष पहिले राजीनामा दिएर वाग्ले कान्तिपुरको प्रधान सम्पादक नियुक्त भएका थिए । शर्माले सोमबारदेखि नै जिम्मेवारी सम्हाल्ने भएका छन् । “पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लागि बढी श्रेयष्कर हुने लागेर मैले पेशागत जविनको आज अर्को महत्वपूर्ण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं