पत्रकार ओम हमाललाई पक्राउ गर्नुको कारणसहित सर्वोच्चमा उपस्थित गराउन आदेश

पत्रकार ओम हमालाई सर्वोच्च अदालतमा उपथित गराउन अदालतले आदेश दिएको छ । हमाललाई केही दिन अघि कास्की प्रहरीले पक्राउ गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसले पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिइएको हो ।