जिल्ला अदालत चितवनले रवि लामिछानेसँग पाँच लाख धरौटी माग गरेको छ । पाँच लाख बुझाएमा लामिछाने रिहा हुनेछन् ।
न्यायाधीश हेमन्त रावलको इजलासले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।
आदेशमा पुडासैनी आत्महत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेकाले सोबारे टेलिभिजन कार्यक्रममा बोल्न नपाउने पनि उल्लेख छ । लामिछाने आफ्नो कार्यक्रम चलाउन भने पाउने छन्






