रविको सम्पति छानबिन गर्दै प्रहरी

थुनामा रहेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीको बैंक खाता छानबिन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले लामिछाने लगायतको बैंक खाताको विवरण माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र काटेको छ ।

अभियोगपत्रमा समावेश पत्रअनुसार तीनैजना प्रतिवादीको नेपालका वाणिज्य बैंकमा भएका खाता र तिनको विवरण माग गरिएको छ । सो अभियोगपत्र चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।

आत्महत्याअघि पत्रकार शालिकराम पुडासैनीले बनाएको भिडियोमा रविसहित सीधा कुरा जनतासँगको टिमले ठूला व्यापारी र तस्करसँग करोडौँ रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए । सोही आधारमा प्रहरीले उनीहरूको बैंक खाता छानबिन गर्न लागेको हो ।