मुख्य समाचार

प्रहरीद्धारा नै जवर्जस्ती बलात्कार ?

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घर भई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ ।  पीडित किशोरीले बुधबार जाहेरी दिएपछि यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।  मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी… पुरा पढौ

यसरी मनाइँदै छ युवा दिवस

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दैछ । प् रत्येक वर्ष अगष्ट १२ तारिखका दिन विश्वभर मनाईने युवा दिवसमा आयोनले पनि साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । यो वर्षको मुख्य नारा शैक्षिक रुपान्तरण रहेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोनले पहिलो दिन बुधबार फुटसल प्रतियोगिता आयोजना गरेको छ ।   प्रतियोगितामा काठमाडौंमा रहेका १६ संस्थाको सहभागिता रहेको थियो । बिहीबार आयोनले स्थानीय… पुरा पढौ

यस्तो बन्दैछ नेपालको नयाँ संघीय संसद भवन (फोटो फिचरसहित)

सरकारले ३ वर्षभित्र सम्पन्न गर्ने गरी सङ्घीय संसद भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माणका १७ वटा बोलपत्रको प्राविधिक मूल्याङ्कन गरिरहेको बताएको छ । सिंहदरबारस्थित पुतली बगैंचामा कलात्मक परम्परागत मल्लकालीन वास्तुकलामा संसद् भवन निर्माण गरिने भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकीर्ण तुलाधरले जानकारी दिए । ३ वर्षमा निर्माण सकिने योजना राखिएको संघीय संसद् भवनको कुल लागत भ्याटबाहेक ७ अर्ब अनुमान… पुरा पढौ

बामदेव गौतमसंग प्रचण्ड रुष्ट !

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य वामदेव गौतमबीच दुरी बढेको छ । केही दिनअघि एक दैनिक पत्रिकामा नेता गौतमको लेख प्रकाशित भएपछि प्रचण्ड गौतमसँग असन्तुष्ट छन् ।  नेता गौतमले पूर्व एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई अवको मार्गदर्शक सिद्धान्त बनाइएन भने कम्युनिष्ट आन्दोलन सफल नहुने कुरा लेखमा उल्लेख गरेपछि उनी र अध्यक्ष प्रचण्डबीचको सम्बन्ध चिसिएको छ । यसअघि नेकपामा जबजको विषयमा सचिवालय… पुरा पढौ

सडक डिभिजन पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ

डिभिजन सडक कार्यालय पोखराका प्रमुखसहित ५ जनालाई अख्तियारको टोलिले पक्राउ गरेको छ । बिहिबार साँझ करीब ७ बजे उनीहरुलाई प्रमुखको क्वाटरबाट ९ लाख रुपैयासहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । प्रमुख पोख्रेल र इन्जिनियर पबित्रमणि आचार्य, बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएसआर कम्पनीका ठेकेदार ऋषि गौतम र २ भान्से पक्राउ परेका हुन् । सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियरको सेटिङमा पैसाको लेनदेन हुँदा सडक निर्माण कमजोर हुने गरेको र… पुरा पढौ

पोखरामा सुरु भयो स्मार्ट यात्रा

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई–टिकेटिङ लागु गर्ने भएपछि ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ । उक्त प्रयोजनका लागी आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत९सिईओ० विश्वमोहन अधिकारीले बताए । पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिधार्थीहरु माझ वितरण… पुरा पढौ

अब चीनबाट पनि पेट्रोलियम पाइपलाइन

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ । भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न लागेको हो । सरकारकै योजना अनुसार नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययनको कार्यक्रमलाई प्राथमिकतामा राखेको… पुरा पढौ

पूर्वराजा ज्ञानेन्द्र भोलि थाइल्याण्ड जाँदै, दशैंमा मात्र फर्किने ?

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।  देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् ।  उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन् ।  उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने कार्यक्रम रहेको… पुरा पढौ

अब कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने

निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजिनामा दिने घोषणा गरे सरकारले लगत्तै राजिनामा स्वीकृत गर्ने भएको हो । सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रावधान राखिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सो विधेयकमाथि दफावार छलफल भएपछि सहमति जुटेको हो । बुधबार बसेको राज्य व्यवस्था समितिको… पुरा पढौ

ओली नहुँदा प्रचण्ड किन सक्रिय हुन्छन् ?

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सक्रियता बढाएका छन् ।  प्रचण्डले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले केही दिनयता नेताहरुलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन् ।  ‘अध्यक्ष (प्रचण्ड) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ । पार्टी नेताहरुसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ प्रचण्डको निजी सचिवालयका एक सदस्यले भने, ‘आवश्यक ठानिएका सचिवालय र स्थायी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं