मुख्य समाचार

अब विवाह, व्रतवन्ध घरमै गर्नुपर्ने, अन्यत्र गरे राजस्व बुझाउनुपर्ने !

चितवनको माडी नगरपालिकाले विवाह, व्रतबन्ध, पूजाआजा लगायतका धार्मिक कार्य घरमै गर्नुपर्ने नियम लगाउने भएको छ । नगरसभाले गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै नगर प्रमुख ठाकुर ढकालले अबका दिनमा आफ्नै घरमा बाहेक पार्टी प्यालेस लगायतका ठाउँमा विवाह, व्रतबन्ध लगायतका कार्य गर्न नपाउने बताए । निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुदाँ खानेले थोरै दक्षिणा दिने गर्दा… पुरा पढौ

कास्की २ को उपनिर्वाचन : कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार !

उपनिर्वाचन अन्तर्गत कास्की २ मा कांग्रेस नेता धनराज गुरुङको पनि चर्चा शुरु भएको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका चर्चित र प्रष्ट वक्ता नेता गुरुङ स्याङ्जा निवासी हुन् । उनले गत निर्वाचनमा टिकट पाउन सकेका थिएनन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा निधन भएपछि कास्की २ रिक्त थियो । यो क्षेत्रमा नेता गुरुङको चर्चा केन्द्रीय तहबाटै भएको हो । उपनिर्वाचन मिनी जनमत संग्रह भएकाले सबै… पुरा पढौ

डीभी परेर वडाध्यक्ष अमेरिकामा, अब के हुन्छ ?

एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला पदधारी सरकारी कर्मचारीलाई । उनीहरु सेवा छाड्न विवश भए । यसबारे विधेयक तयार गरेर १३ जेठ २०७१ को मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । ‘ग्लोबलाइजेसनको युगमा यस्ता कुरालाई रोकेर हुन्छ ?’, प्रतिपक्षले सरकारसमक्ष आक्रोश पोखेको थियो । ‘हामी राष्ट्रप्रति समर्पित… पुरा पढौ

पूर्वमन्त्री विष्टलाई आकाशमै हृदयाघात

पूर्वमन्त्री तप्तबहादुर विष्टलाई हवाइ यात्रा गरिहँदा आकाशमै हृदयाघात भएको छ। पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री रहेका विष्ट आइतबार दिउँसो बुद्ध एयरको युफाेर ४०४ उडानमार्फत नेपालगञ्जदेखि काठमाडौँ आउने क्रममा हृदयाघात भएको हो। जहाज उडिरहँदा हृदयाघात भएपछि बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। अपरान्ह ३:४५ बजे मन्त्री विष्टलाई आकस्मिक अवतरण गराए लगत्तै अन्य यात्रु लिएर जहाज काठमाडौंका लागि उडेको थियो। विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार… पुरा पढौ

७ सहसचिव सचिवमा बढुवा हुँदै, को-को छन् ?

सरकारले ७ सहसचिवलाई सचिवमा बढुवा गर्न गृहकार्य सुरु गरेको छ । उमेर हद र पदावधिका कारण भदौ २१ सम्ममा ७ जना सचिवले अवकास पाउने भएपछि रिक्त हुन आउने पदमा बढुवा तयारी सुरु भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार प्रशासन समूहबाट ४ र प्राविधिक समूहबाट ३ सहसचिव सचिवमा बढुवा हुनेछन् । प्राविधिक समूहबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की र खानेपानी मन्त्रालयका दिपेन्द्रनाथ शर्मा साउन २२ मा पदावधि… पुरा पढौ

राजपा कार्यालय पनि सरकारी जग्गामै !

ष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रुपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलाई ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ ।  सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागि… पुरा पढौ

प्रकाशमान सिंहको स्वास्थ्य अवस्था कस्तो छ ?, भेट्न पुगे विमलेन्द्र

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । ‘प्रोस्टेट’मा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल भर्ना भएका सिंहलाई मंगलबार दिउँसो अस्पतालमा पुगेर उपसभापति निधिले स्वास्थ्य अबस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । सिंहलाई भेट्न निधिका साथ पत्नी अनामिकासमेत पुगेकी थिइन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि… पुरा पढौ

फूलवारी र हेमजाबाट १९ जुवाडे पक्राउ, १ लाख बढी नगद बरामद

कास्कीमा नयाँ प्रहरी प्रमुख आएसंगै जुवाडेहरू पक्राउ पर्नेक्रा जारी छ । केही अघि पोखराको संगममार्ग र पस्र्याङबाट माटो रकमसहित जुवाडेहरू पक्राउ परेका थिए । मंगलबार पनि पोखराका २ स्थानबाट १९ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गोप्य सूचनाको आधारमा पोखराको फूलबारीबाट ४ जना र हेम्जाबाट १५ जुवाडे पक्राउ परेका हुन् । उनीहरूको साथबाट रु १ लाख ९ हजार २ सय ५० र ९ बुक तास… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइयो, ग्यासको घट्यो

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगिँदा डिजेल र मटितेलको मूलय ५० पैसा मात्रै बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य  २५ रुपैयाँ मूल्य घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई ईन्धनको हकमा खुद्रा… पुरा पढौ

२ राप्रपा : एकता, फुट अनि फेरि एकता ?

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालवीच एकीकरण  प्रक्रिया अघि बढीरहेको बेला पुर्व पञ्चको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)वीच पनि पार्टी एकीकरण प्रक्रिया भित्रभित्रै अघि बढेको छ । तत्काल पार्टी एकीकरण नगरे दुवै पार्टीको अस्तित्व सिद्धिने निष्कर्ष दुवै पार्टीका नेताहरुले निकालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहास जोगाउन पनि पार्टी एकीकरण गर्नु पर्ने उनीहरको ठहर छ ।   स्रोतका अनुसार पार्टी एकीकरणकोलागि राप्रपाका अध्यक्ष कमल थापा,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं