मुख्य समाचार

‘कम्युनिष्ट पार्टीले जस्तो कुर्सी भाँच्ने र रेलिङ तोडफोड गरिन्न’

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार रवीन्द्रनाथ बाँस्तोलालाई सम्मान गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा पोखरामा आयोजित कार्यक्रममा उनले सो सम्मान गरेका हुन् । प्रजातन्त्र सेनानी दयाशंकर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेको छ । २०५३ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी रु ३३ हजार ३ सय ३३ रहेकोमा यस… पुरा पढौ

यसरी नै हो विकटलाई निकट ल्याउने ?

आर्थिक वर्ष २०७६/०७७ मा पोखरा महानगरपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । महानगर प्रमुख मेयर मानबहादुर जिसीले नयाँ आर्थिक वर्षको बजेटले ‘विकटलाई निकट ल्याउने’ लक्ष्य लिएको बताउँदै आएका थिए । ‘विकटलाई निकट ल्याउने’ महानगरको सोही नीतिअनुसार सबै वडालाई महानगरसँग कनेक्टिङ रोडले जोड्ने महानगरको योजना छ । कनेक्टिङ रोडका लागि महानगरले टेन्डर निकालेर काम पनि थालिसकेको छ । महानगरको ‘विकटलाई निकट ल्याउने’ कनेक्टिङ रोड योजना अन्तर्गतको सडक पोखरा २४ पामे–खपौदी… पुरा पढौ

एउटै पार्टीबाट निर्वाचित मेयर उपमेयरका समूहबीच झडप

धनुषाको हंसपुरमा एउटै पार्टीबाट निर्वाचित मेयर र उपमेयरका २ पक्षबीच झडप भएको छ । नगरपालिकाको केन्द्र मेयर रामज्ञान मण्डलले गोप्यरुपमा सार्ने निर्णय गरेपछि मेयर र उपमेयर बीचको विवादले उग्ररुप लिएको छ । मेयर मण्डल र उपमेयर रेणु झा पक्षबीच भएको विवादमा मंगलबार स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएका छन् । हंसपुरका मेयर र उपमेयर दुवै राजपाका नेता हुन् । मेयर… पुरा पढौ

कुलमान र वर्षमान श्री ३ हुन् ?

 ‘हामीले यति प्रगती गर्यौ भनेर यिनीहरु कुर्लेका कुर्लेई छन् । इण्डियालाई बत्ति बेच्दैछु भन्छन् । हामीलाई बेचिदिनोस् । कृपया जुम्लालाई बेचिदिनोस् तपाईहरु । त्यहाँ पनि जनता छन् । त्यहाँ पनि मोबाईल छ । त्यहाँ पनि पढ्ने विद्यार्थी छन् । त्यहाँ पनि बिरामी छन् । हाम्रा यी श्री ३ महाराजलाई म फेरि भन्न चाहन्छु, तपाईहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो ।  जहाँ कमिसन आउँछ त्यहामात्रै सेवा विस्तार गर्छन् भन्ने सुनेको थिएँ । आज… पुरा पढौ

नेकपा गोरखाको एकता सकियो, गोरखामा विशेश्वर, पालुङ्टारमा चिन्तन

९ स्थानीय तहको नेतृत्व छानेको ३ महिनापछि गोरखामा नेकपा एकता टुंगो लागेको छ । पालुङ्टार र गोरखा नगरपालिकामा साबिक एमाले र साबिक माओवादी केन्द्रबीच कुरा मिलेको थिएन । नेकपा प्रदेश कमिटीले पालुङ्टार नगरपालिका अध्यक्षमा पूर्व माओवादीका नेता विवश चिन्तन र गोरखा नगरपालिकामा पूर्व एमालेका विशेश्वर कट्टेललाई जिम्मेवारी दिएको छ । यसअघि ६ गाउँपालिका माओवादी र ३ गाउँपालिका एमालेलाई नेतृत्वको जिम्मेवारी दिइएको थियो । अजिरकोट, भीमसेन थापा, बारपाक सुलिकोट, गण्डकी, चुमनुब्री… पुरा पढौ

पुरोहितको दक्षिणा तोकियो, अब कति दिने ?

चितवनको माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १ सय १ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताए । निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुँदा खानेले थोरै दक्षिणा दिने गर्दा… पुरा पढौ

कास्कीमा सबैभन्दा धेरै भ्रष्टाचार

गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्यांकमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/७६ को तथ्यांकअुनसार उजुरी संख्या ८ सय ३२ रहेको छ । सोमध्ये कास्की जिल्लामा २०७४/७५ मा १ सय ४८ र २०७५/७६ मा २ सय ८१ गरी ४ सय २९ उजुरी छन् । त्यसपछि पर्वतमा ८२… पुरा पढौ

प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

फेवाताल अतिक्रमण विवादमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि सुधार तथा व्यवस्था मन्त्री पद्‌मा अर्यालय, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी , प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे , भूमि सुधार सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसहित ९ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्। सर्वोच्चले फेवातालबारे गरेको आदेश कार्यान्वयनमा कसैले पनि… पुरा पढौ

महतगौंडा दोबिल्लामा मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ

पोखरा महानगरपालिका वडा नं. १७ का महतगौंडा, दोबिल्लाका किसान खेतीपाती र पशुपालनमा व्यस्त छन् । परम्परागत रुपमा गरिरहेको खेती र पशुपालनलाई व्यावसायिक बनाउन सरकारी सहयोग पाएपछि उनीहरु हौसिएका हुन् । यहाँ सञ्चालित मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ मंगलबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले किसान कृष्णप्रसाद भण्डारीलाई कोदाली हस्तान्तरण गरी उद्घाटन गरे । उनले प्रदेशका हरेक निर्वाचन क्षेत्रमा १ नमुना कृषि गाउँ सञ्चालन भइरहेको बताए । मन्त्री थापाले… पुरा पढौ

यसरी गरिंदैछ गरिबको सूची तयार

सरकारले गरिब परिवार पहिचानका लागि दोस्रो चरणको तथ्याङ्क सङ्कलनको काम पुनः सुरु गरेको छ । यसअघि २०६९ सालमा २६ जिल्लामा गरिब परिवार पहिचानको काम भएको थियो ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले शुक्रबार स्याङ्जा जिल्लाबाट दोस्रो चरणको तथ्याङ्क सङ्कलनको उद्घाटन गरे । दोस्रो चरणमा १२ जिल्लामा तथ्याङ्क सङ्कलन सुरु भएको छ ।  ताप्लेजुङ, धनकुटा, महोत्तरी, रसुवा, काभ्रेपलाञ्चोक, स्याङ्जा, लमजुङ, म्याग्दी, बाँके, दैलेख, डडेलधुरा र दार्चुलामा तथ्याङ्क सङ्कलन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं