नेकपा गोरखाको एकता सकियो, गोरखामा विशेश्वर, पालुङ्टारमा चिन्तन

९ स्थानीय तहको नेतृत्व छानेको ३ महिनापछि गोरखामा नेकपा एकता टुंगो लागेको छ । पालुङ्टार र गोरखा नगरपालिकामा साबिक एमाले र साबिक माओवादी केन्द्रबीच कुरा मिलेको थिएन ।

नेकपा प्रदेश कमिटीले पालुङ्टार नगरपालिका अध्यक्षमा पूर्व माओवादीका नेता विवश चिन्तन र गोरखा नगरपालिकामा पूर्व एमालेका विशेश्वर कट्टेललाई जिम्मेवारी दिएको छ । यसअघि ६ गाउँपालिका माओवादी र ३ गाउँपालिका एमालेलाई नेतृत्वको जिम्मेवारी दिइएको थियो ।

अजिरकोट, भीमसेन थापा, बारपाक सुलिकोट, गण्डकी, चुमनुब्री र धार्चे गाउँपालिकाको नेतृत्व पूर्व माओवादीलाई र आरुघाट, सहिद लखन र सिरानचोकमा पूर्व एमालेले नेतृत्व पाइसकेको छ ।

नेकपा जिल्ला इन्चार्ज कृष्ण धितालले जिल्लामा एकता सकिएको बताए । पालुङ्टारमा एमालेका अमृत खाराखेती सचिव बनेका छन् भने गोरखामा माओवादीका नेता कृष्ण राना सचिव भएका छन् ।