मुख्य समाचार

दुई छोरी र श्रीमती लिएर युएई गए प्रचण्ड, कहिले फर्किन्छन् ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । पारिवारिक भ्रमणका क्रममा मंगलबार प्रचण्ड युएई प्रस्थान गरेको बताइएको छ । प्रचण्ड आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उनकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन्। अध्यक्ष दाहाल यही साउन १८… पुरा पढौ

‘प्रचण्डलाई हेग लैजान तयार छौँ : लेलिन विष्ट

पूर्व माओवादी लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान तयार रहेको बताएका छन्। अन्तर्राष्ट्रिय अदालत ९हेग० लगेमा आफूलाई केही फरक नपर्ने उल्टै संसारको हिरो बनेर निस्कने दाहालको भनाई प्रति प्रतिक्रिया दिँदै लेनिनले प्रचण्डमा छटपटाहट सुरु भएको बताएका हुन् । ‘हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति त्यसैको नतिजा हो’ विष्टले भने, ‘हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा छौँ, उनलाई हेग लैजान तयार छौँ… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिहरु मानव अंग तस्करको निशानामा !

मानव तस्करहरुले मानव अंग तस्करीको लागि अपांगता भएका व्यक्तिहरुलाई निशानामा पार्न थालेका छन् । केही समय अघि काभ्रेका एक युवकलाई मानव तस्करहरुले ललाईफकाई भारत लगेपछि यस विषय बाहिर आएको हो । काभ्रेका एक स्पष्ट बोल्न नसक्ने व्यक्तिलाई ललाईफकाई भारत लगेर मृगौला निकाल्ने तयारी भईरहँदा परिवार र प्रहरीको सहयोगमा नेपाल ल्याईएको छ ।  मानव अंग प्रत्यारोपण गर्नको लागि केही समयसम्म अस्पतालको निगरानीमा राख्नुपर्ने भएकोले यसमा कम्तिमा पनि एक महिना समय लाग्ने… पुरा पढौ

मौसमले झुक्याउन सक्छ, सतर्क हुनुहोला

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना रहेको छ । राति पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर रहेको छ । जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय… पुरा पढौ

महाधिवेशनको तयारीमा जुट्यो राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ महीनाबाट स्थानीय तहदेखिका परिषद् बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेको छ । समान विचारधारा भएका दलहरुबीच एकता गर्ने राप्रपा (संयुक्त) को निर्णयलाई पार्टीले स्वागत गर्दै देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण गर्न एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य दललाई बैठकले आग्रह गरेको… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख कुँवर महाआरतीमा

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर सोमबार पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवको पूजा एवं महाआरतीमा सहभागी भए । उनले गुफास्थित महादेव मन्दिरमा विधिपूर्वक पूजा गर्नुका साथै साँझमा भएको महाआरतीमा मुख्य कर्ताको रुपमा सहभागी भएका हुन् । अवसरमा कुँवरलाई मन्दिरका पुजारीद्वय तारानाथ आचार्य र गोकुल अधिकारीका साथै बटुकहरुले पूजा गराएका थिए । प्रदेश प्रमुख कुँवरको स्वागतका लागि समितिका कार्यवाहक अध्यक्ष गोपाल बराल, उपाध्यक्ष ईश्वरी प्रसाद लम्साल, सचिव हरि लम्साल,… पुरा पढौ

जनस्वास्थ्य अधिकृत नै घुस्याहा छन् भने अरु…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत  रामअवतार गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । गुप्तालाई एक लाख घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग कमिशन बापत घुस  मागिरहेको भन्ने उजुरीको आधारमा आयोगको टोलीले गुप्तालाई बबरमहलस्थित वन विभाग परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका गुप्तामाथि थप अनुसअन्धान भैरहेको समेत आयोगले जनाएको छ । पुरा पढौ

ओली-प्रचण्ड दुवै विदेश भ्रमणमा !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगातार विदेश भ्रमणमा निस्किने भएका छन् । अध्यक्षद्वय ओली र दाहाल क्रमशः सिंगापुर र दुवई भ्रमणमा निस्किन थालेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् । त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने मंगलबार दुवई भ्रमणमा जाने भएका छन् ।… पुरा पढौ

५ हजार रुपैयाँमै बिक्ने यस्ता पनि नायव सुब्बा !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा सोमबार मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ ।  गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट खटिएको टोलीले छड्के जाँच गर्दा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरेको हो । मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई… पुरा पढौ

नेकपाको एकताको गाँठो : फुक्ला भन्दा झन् कस्सिँदै, बैठक अब २ साता बस्दैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रियाको गाँठो झनै कसिएको छ । विभिन्न विभागको नेतृत्वमा देखिएको विवाद सोमबार बसेको सचिवालय बैठकले पनि टुंगो लगाउन सकेन । अन्य विभागमा खासै विवाद नभए पनि स्कुल विभागका बारेमा पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद देखिएको छ । विभागको नेतृत्वका लागि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको मुख्य दाबी देखिए पनि अन्य नेताहरुको पनि दाबेदारी कायमै छ । सोमबार बसेको सचिवालय बैठकमा पार्टी एकताका लागि केन्द्रीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं