ताजा समाचार

श्रावण १३ गते २०७६

जनस्वास्थ्य अधिकृत नै घुस्याहा छन् भने अरु…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत  रामअवतार गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

गुप्तालाई एक लाख घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग कमिशन बापत घुस  मागिरहेको भन्ने उजुरीको आधारमा आयोगको टोलीले गुप्तालाई बबरमहलस्थित वन विभाग परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका गुप्तामाथि थप अनुसअन्धान भैरहेको समेत आयोगले जनाएको छ ।