मुख्य समाचार

पोखराबाट गाई-गोरु तस्करीको जालो, कहाँबाट कहाँसम्म ?

पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखराबाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै बंगलादेश तस्करी गर्ने एउटा गिरोह नै फेला परेको छ । सो गिरोहले मासिक ३ ट्रक गाई गोरु तस्करी गर्दै आएको छ । ना ५ ख १४०४ नम्वरको मालवाहक ट्रकमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै ती गाई गोरु तस्करी… पुरा पढौ

‘खतरा’ मा लुम्बिनी !

लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले आग्रह गरिरहेको छ। तापनि लुम्बिनीमा जथाभावी संरचना निर्माण एवं प्रदुषण रोकिएको छैन। लुम्बिनी क्षेत्र पछिल्लो समय मुलुककै सबभन्दा प्रदुषण हुने क्षेत्र बनेको छ। यहाँ रहेका उद्योग र बन्दै गरेका विकास निर्माणले प्रदुषण उच्च बनाएको हो। भारतीय सीमावर्ती क्षेत्रका उद्योग समेत लुम्बिनीका लागि… पुरा पढौ

मोदी भ्रमणको तयारीका लागि चौथाईवाले नेपालमा, के के गर्दैछन् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकादेखि चीनसम्मको भ्रमणलाई सफल पार्ने भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । निकट भविष्यमा भारतीय प्रधानमन्त्री मोदीले गर्न लागेको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् । यसअघि प्रधानमन्त्री मोदीले दुई पटक नेपालको राजकीय भ्रमण गरेका थिए । सो भ्रमणका तयारीका लागि पनि उनी नेपाल आएका थिए । प्रधानमन्त्री मोदीले के बोल्ने के नबोल्ने कुराको तय गर्न चौथाईवाले… पुरा पढौ

निर्मला हत्याको त्रासले उखुबारी मासियो

वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब एक किलोमिटर वरपर सुनसान खेतबारी । हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीको घारीभित्र शव भेटिएपछि त्रासले गर्दा महिला तथा छात्राहरु त्यो सडक भएर हिँड्न छाडिसकेका… पुरा पढौ

क्या मज्जा ! कर्मचारीलाई घुम्न जान २५ हजार

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई १ हप्ता घुम्नका लागि भन्दै रु २५ हजारका दरले रकम उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएको जानकारी दिए । नेपालभित्र धेरै सुन्दर ठाउँ रहेकाले त्यस ठाउँको पर्यटन प्रवद्र्धन गर्न… पुरा पढौ

फेरि चुनावको रौनक, कास्की विशेष चर्चामा

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त आगामी मंसिर १४ गते निर्वाचन गर्ने भएको छ । मिति घोषणासंगै नेपालको फेरि चुनावकै रौनक शुरु हुँदैछ । करिब २ वर्ष अघि १ वर्ष लगाएर ३ वटा चुनाव भएको थियो । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात विभिन्न कारणले रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।… पुरा पढौ

चितामा चढाउनै लाग्दा आँखा खोलेपछि….

अस्पतालमा श्रीमती उपचारको विल संघ–संस्थामा सहयोग मागेर तिरेर फर्केपछि पाल्पा सिद्धेश्वर गाउँका  सुर्यचन्द्र ज्ञवाली साउन ६ गतेका दिन अब श्रीमतीको किरियाक्रमको खर्च कसरी जुटाउने भन्ने चिन्तामा थिए ।  तर एउटा चमत्कार के भयो भने माया मारेर रिडीघाट पुर्याइएकी उनकी श्रीमतीले अर्धजल चढाउने बेलामा एक्कासी आँखा खोलिन् । अन्ततः उनको त्यो पीडा खुशीमा परिणत भयो ।  त्यसको १० दिन बीचमा उनको दाम्पत्य जीवन कुनै कथानक चलचित्र जस्तै बन्यो । फिल्मी कथा… पुरा पढौ

सर्वोच्चको प्रशंसनीय कार्य : सुन काण्डका दोषीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ ।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालतमा आएपछि सो फैसला… पुरा पढौ

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै , अर्को राजनीतिक तरंगको सम्भावना

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् ।  उनी अगष्ट २१ तारिखमा नेपाल आउन लागेका हुन् । दुई दिने भ्रमणका लागि जयशंकर (भदौ ४ र ५ गते) नेपाल आउन लागेका हुन् ।  दुई देशीय हितका विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् । नेपाल र भारतबीच परराष्ट्रमन्त्री स्तरीय वार्ता हुँदै आएको छ… पुरा पढौ

मेयरले आफ्नै फोटो भएको झोला विद्यार्थीलाई बोकाएपछि…

देशमा राजतन्त्र हुँदा सरकारी विद्यालयमा पढाइने किताबमा राजा-रानीको फोटो हुन्थ्यो। २०६५, जेठ १५ मा राजतन्त्र ढल्यो, देशमा गणतन्त्र आयो। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति आए। परिवर्तन यतिमै रोकिएन। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। संघ, प्रदेश तथा स्थानीय गरी देशमा तीन तहका सरकार छन्। डेढ वर्षअघि भएको निर्वाचनपछि ७ सय ५३ वटा स्थानीय तह (गाउँपालिका/नगरपालिका) मा जनप्रतिनिधि आए। विकास निर्माण मात्र होइन संविधानअनुसार कक्षा १२ सम्मको पठनपाठन हेर्ने अधिकार पनि स्थानीय सरकारलाई छ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं