मुख्य समाचार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत जाँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत जाने भएका छन् । तमुधि युकेको आयोजनामा हुने नेपाली मेलामा प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री गुरुङ बेलायत जान लागेका हुन् । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बेलायत भ्रमण स्वीकृतिका लागि संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बेलायतमा नेपाली मेलामा आगामी भदौ आगामी भदौ ६ र ७ गते हुँदैछ । संघ सरकारले स्वीकृति दिएपछि मात्र मुख्यमन्त्री गुरुङको बेलायत भ्रमणको तालिका तय हुनेछ । पुरा पढौ

मुख्यमन्त्रीलाई वडाध्यक्षहरूको प्रश्न, ‘हाम्रो हैसियत के हो ?

वडाध्यक्षहरूले आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन् । बाग्लुङस्थित ४ स्थानीय तहका करिब २ दर्जन वडाध्यक्षले गण्डकी प्रदेशका मुख्यमन्त्रीसंग पृथ्वीसुब्बा गुरुङसंग भेट गरी आफ्नो हैसियतबारे प्रश्न गरेका थिए । भेटमा उनीहरूले निर्वाचित जनप्रतिनिधि भएर समेत सरकारले आफूहरूलाई मर्यादाक्रममा समावेश नगरेको भन्दै उनीहरूले हाम्रो हैसियत के हो ? भनी प्रश्न समेत गरेका थिए । गृह मन्त्रालयको मर्यादाक्रममा वडा अध्यक्ष र सदस्यहरूको मर्यादाक्रम कहाँ कसरी हुने भनी केही पनि उल्लेख छैन… पुरा पढौ

तीन एआईजीको सरुवा, को कहाँ पुगे ?

सरकारले सशस्त्र प्रहरी (एपिएफ) का ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।  प्रहरी कार्य तथा सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । त्यस्तै, मानवस्रोत साधान विभागमा कार्यरत नारायणबाबु थापाको सीमा सुरक्षा विभागमा र मानव स्रोत साधन विभागमा  रामशरण पौडेलको सरुवा भएको छ । पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । सरकारले केही समयअघि सशस्त्र प्रहरीका एसपी र एसएसपीहरुको सरुवा गरेको… पुरा पढौ

प्रधानमन्त्री ओलीले आफ्नो उपचार खर्च आफै व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आइतबार पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् । “प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्नुहुन्छ,” बाँस्कोटाले पत्रकार सम्मेलनमा भने, “सरकारी कर्मचारीको खर्च, आउने जाने, बसोबास खर्च भने सरकारले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भाडाबाहेक अन्य उपचार खर्च सरकारले बेहोर्दैन ।” पुरा पढौ

माधवकुमार नेपाल र योगेश भट्टराई डाँको छोडेर किन रोए ?

नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भटराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो ।   सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त योगेश भट्राईलाई स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागि हुन नेता नेपालसहित समितिका प्राय सबै सदस्यहरु उपस्थित भएका थिए । बैठकमा नेता नेपालले नवनियुक्त मन्त्री भट्राईलाई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउन सुझाव दिएका थिए… पुरा पढौ

बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिले घुस लिएको पुष्टि

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारले घुस लिएको पुष्टि भएको छ । कोइरालाले घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियारविरुद्ध एक करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक–पटक गरी एक करोड २८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ । रौनियारले होस्टल र फार्मेसी… पुरा पढौ

कोराला नाका खोल्न गण्डकी प्रदेश र चिनियाँ प्रतिनिधिको बैठक

मुस्ताङको कोराला नाका खोल्ने विषयलाई लिएर आइतबार पोखरामा गण्डकी प्रदेश र चिनियाँ प्रतिनिधिबीच छलफल शुरु भएको छ । प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका छन् । नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि बृद्धिको संभावनाको बारेमा समेत टोलीले चासो राखेका छ । जवाफमा प्रदेश प्रतिनिधि मण्डलका नेतृत्व गरेका भौतिक पुर्वाधार मन्त्री राम शरण बस्नेतले नाका खोल्न प्रदेश… पुरा पढौ

१७ जना निष्काशनपछि विप्लव समूहको नयाँ केन्द्रीय समिति गठन (सदस्यहरूको नामावलीसहित)

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढ्दै गएपछि स्थायी समिति र पोलिटब्युरो भंग गरिएको छ । अन्य १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त बनाइएको छ । एक नेताका अनुसार पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्ने माग निरन्तर उठ्न थालेपछि विप्लव स्वयम्ले स्थायी र पोलिटब्युरो भंग गरेका हुन् ।  १७ जना केन्द्रीय नेतालाई जिम्मेवारीबाट मुक्त गर्दै खुला मोर्चामा पठाउने निर्णय गरिएको जिम्मेवारीबाटै हटाइएका एक नेताले बताए ।  एक नेताले भने, ‘पार्टीभित्र… पुरा पढौ

रवीन्द्रको क्षेत्र (कास्की २) मा कांग्रेसबाट को ?

निर्वाचन आयोगले देशभर विभिन्न कारणले रिक्त भएका स्थानमा निर्वाचनको तयारी गरेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुन १५ गते निधन भएको थियो । देशैभरका रिक्त स्थानमा मंसिर १४ गते उपचुनाव गर्ने तयारी भएको छ । अधिकारी निर्वाचित भएको कास्की २ मा पनि मंसिर १४ गते चुनाव हुनेछ । मिति तोकिएसँगै यहाँ को उठ्लान् भन्ने चर्चा पनि सुरु भएको छ । नेकपाबाट… पुरा पढौ

प्रचण्डमाथि लगाइयो यस्तो गम्भीर आरोप, प्रतिवाद गर्लान् ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पाँच महिने अभियान सुरु गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल समेत गरेका छन । प्रवक्ता प्रकाण्डले आर्थिक सहयोग अभियानमा पार्टीबाट कारबाहीमा परेका र भगौडाहरुसँग सचेत रहन अपिल गरेका छन । उनले ने.क.पा.ले आगामि कार्तिकसम्म… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं