ताजा समाचार

श्रावण १९ गते २०७६

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत जाँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत जाने भएका छन् ।

तमुधि युकेको आयोजनामा हुने नेपाली मेलामा प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री गुरुङ बेलायत जान लागेका हुन् ।

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बेलायत भ्रमण स्वीकृतिका लागि संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बेलायतमा नेपाली मेलामा आगामी भदौ आगामी भदौ ६ र ७ गते हुँदैछ ।

संघ सरकारले स्वीकृति दिएपछि मात्र मुख्यमन्त्री गुरुङको बेलायत भ्रमणको तालिका तय हुनेछ ।