ताजा समाचार

श्रावण १९ गते २०७६

१७ जना निष्काशनपछि विप्लव समूहको नयाँ केन्द्रीय समिति गठन (सदस्यहरूको नामावलीसहित)

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढ्दै गएपछि स्थायी समिति र पोलिटब्युरो भंग गरिएको छ । अन्य १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त बनाइएको छ ।

एक नेताका अनुसार पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्ने माग निरन्तर उठ्न थालेपछि विप्लव स्वयम्ले स्थायी र पोलिटब्युरो भंग गरेका हुन् । 

१७ जना केन्द्रीय नेतालाई जिम्मेवारीबाट मुक्त गर्दै खुला मोर्चामा पठाउने निर्णय गरिएको जिम्मेवारीबाटै हटाइएका एक नेताले बताए । 

एक नेताले भने, ‘पार्टीभित्र वार्ताको कुरा जोडदार रुपमा उठेकै हो । यसबीचमा हामीलाई एकाएक केन्द्रीय सदस्यबाट निकालियो । कुनै कारण दिइएको छैन ।’’ 

स्रोतका अनुसार पार्टीका गोप्य सूचना समेत ‘लिक’ हुन थालेपछि शुद्धीकरण अभियान भन्दै विप्लवले यस्तो कदम चालेका हुन् । 
प्रतिबन्धपछि विप्लवले आफ्नो आन्तरिक संरचनामा दोस्रोपटक फेरबदल गरेका हुन् । 

सचिवालयमा महासचिव विप्लवसँगै खडकबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बास्तोला कञ्चन र सन्तोष वुढामगर र जेलमा रहेका हेमन्तप्रकाश वली छन् । अन्य ३१ जना नेतालाई केन्द्रीय सदस्यका रुपमा समेटिएको छ । पोलिटब्युरो सदस्यलाई केन्द्रीय सदस्यमा झारिएको छ । 

यी हुन् केन्द्रीय समितिबाट हटाइएका १७ जना

देवीदत्त पाण्डे, कृष्ण धमला, रामप्रसाद तिमिल्सिना, टेकबहादुर केसी, बालाराम थापा, डम्बरबहादुर विक, धनबहादुर महर्जन, नन्दबहादुर बुढा, कृष्ण अधिकारी, बालाराम सुनार, पुरुषोत्तम विष्ट, मकर गुरुङ, सम्झना बुढा, शंकर खड्का, भेषराज भुषाल, सन्तोषी विक रहेका छन् । 

नयाँ केन्द्रीय समितिमा ३५ जना (नामसहित)

केही दिनअघि बसेको स्थायी समितिले ५७ सदस्यीय केन्द्रीय समितिलाई ३५ सदस्यीय मात्रै बनाएको छ । अब पोलिटव्युरो सदस्य पनि केन्द्रीय सदस्यकै हैसियतमा छन् ।

नयाँ केन्द्रीय समितिका सदस्यहरू यसप्रकार छन् :

१) नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव

२) खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य

३) धर्मेन्द्र वास्तोला, ‘कञ्चन’ सचिवालय सदस्य (अन्तर्राष्ट्रिय विभाग प्रमुख)

४) हेमन्तप्रकाश वली ‘सुर्दशन’ सचिवालय सदस्य (हाल जेलमा)

५) सन्तोष बुढामगर, सचिवालय सदस्य (पूर्वी कमाण्ड इञ्जार्ज)

६) अनिल शर्मा विरही केन्द्रीय सदस्य (प्रकाशन विभाग प्रमुख)

७) भरत बम, केन्द्रीय सदस्य

८)  उमा भुजेल, केन्द्रीय सदस्य

९) ओमप्रकाश पुन, केन्द्रीय सदस्य

१०) चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य (विप्लवका दाजु)

११) माइला लामा, केन्द्रीय सदस्य (हाल जेलमा)

१२)  सावित्रि दुरा, केन्द्रीय सदस्य

१३) मोहनलाल चन्द, केन्द्रीय सदस्य

१४) सन्तोषी विक, केन्द्रीय सदस्य

१५) उदयबहादुर चलाउने केन्द्रीय सदस्य ‘दिपक’ (सैन्य फाँटको जिम्मेवारी)

१६) सन्देश पौडेल, केन्द्रीय सदस्य 

१७) गुणराज लोहनी, केन्द्रीय सदस्य

१८) चेतबहादुर पुन, केन्द्रीय सदस्य

१९ ) वसन्त श्रेष्ठ, केन्द्रीय सदस्य

२० ) दिपेश राई, केन्द्रीय सदस्य

२१) केशबहादुर वाठा मगर, केन्द्रीय सदस्य

२२) बलवहादुर ओली, केन्द्रीय सदस्य

२३) धुव्र घिमिरे, केन्द्रीय सदस्य

२४) खम्वबहादुर वुढा, केन्द्रीय सदस्य

२५) बन्धु चन्द, केन्द्रीय सदस्य

२६ ) देवनारायण शाह, केन्द्रीय सदस्य

२७ ) थमनसिंह राई, केन्द्रीय सदस्य

२८) मोहनबहादुर कार्की , केन्द्रीय सदस्य  (जेलमा)  

२९) बाबुराम गजमेर, केन्द्रीय सदस्य

३० ) खुमा सुवेदी, केन्द्रीय सदस्य

३१) अमर झाँक्री, केन्द्रीय सदस्य

३२) श्यामवहादुर वोहोरा, केन्द्रीय सदस्य

३३ ) चन्द्रवहादुर खडका, केन्द्रीय सदस्य

३४) चुडामणि ओली, केन्द्रीय सदस्य

३५) नविन विश्वकर्मा, केन्द्रीय सदस्य

विप्लव समूहले आफ्नो केन्द्रीय समिति गोप्य राख्दै आएको छ । स्थायी र पोलिटब्युरो समिति भंग गरेपछि समूहभित्र व्यापक अन्तरविरोध र असन्तुष्टि चुलिएको एक नेताले जानकारी दिए । 

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।