मुख्य समाचार

कहाँ कहाँ बेचिन्छन् नेपाली ?

नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सार्वजनिक गरेको सो प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन र मनोरञ्जनजस्ता पेशामा गएका हालसम्म करीब ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ लाख जोखिममा रहेको उल्लेख छ । नेपालबाट तेस्रो मुलुकमा मानव बेचबिखन र ओसारपसार बढी हुने गरेको छ । युरोपका विभिन्न… पुरा पढौ

नेकपाको मुख्य कार्यालय सरकारी जग्गामा !

आजका दैनिक पत्रिकाहरुमा भारतको जम्मु कश्मिरको विशेष राज्यको दर्जा खोसिएको समाचारले मुख्य प्राथमिकता पाएको छ । जम्मु कश्मिर विशेष राज्य रहेन, कश्मिरमा भारतको जोखिमपूर्ण निर्णय, जम्मु-कश्मिर अब केन्द्रशासित लगायतका हेडलाइनमा समाचार छापिएका छन् । कान्तिपुर दैनिकमा भने नेपालकै ब्यानर समाचार छ । समाचार हो, ‘नेकपाको कार्यालय सरकारी जग्गामा’ । प्रमुख सत्तारुढ दल नेकपाले सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय… पुरा पढौ

ताल फुटेसंगै धेरैको सपना पनि टुटयो (हेरौं यसरी फुट्यो ताल)

तुरतुरे ताल अब रहेन । चानचुन १ वर्ष थामिएको ताल साउनको बाढीसँगै बिलायो । सुन्दर ताल सोमबार बिहान एकाएक बगरमा परिणत भयो । अकस्मात बनेको ताल उसैगरी गयो । भाग्यवश ताल फुट्दा ठूलो क्षति भने भएन । गत वर्ष भदौ ३० गते खसेको पहिरोले बडिगाड खोला थुनिदा ताल बनेको थियो । ताललाई स्थानीयलले ‘तुरेतुरे’ नाम दिएका थिए । तुरतुरे बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा पर्छ । १ किमी क्षेत्रफलमा… पुरा पढौ

पोखराका कुन-कुन चोकमा राखिँदैछ ट्राफिक लाइट ?

आगामी मंसिरभित्र पोखराका मुख्य ४ चोकमा ट्राफिक लाइट जडान गरिने भएको छ । मंसिर हुँदै गरेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै ट्राफिक लाइट जडान गरिने भएको हो । सोमबार पोखरामा आयोजित ट्राफिक कोण हस्तान्तरण कार्यक्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाको यातायात व्यवस्थापन गर्न विस्तृत योजना बनाइरहेको भन्दै आगामी मंसिर भित्रमा पोखराको चिप्लेढुंगा, पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक गरी मुख्य ४ चोकमा ट्राफिक लाइट जडान गर्ने जानकारी दिए… पुरा पढौ

गाडी भाडा बढी लिने र छुट नदिने किन ?

पोखरामा गुड्ने यात्रुवाहक सवारी साधनमा मनलाग्दी ढंगले भाडा असुल गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न विद्यार्थीले माग गरेका छन् । नेकपा निकट अनेरास्ववियु कास्की नेता शेखर गौतमको नेतृत्वमा गएको विद्यार्थी टोलीले सोमबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई यस्तो माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा लामो तथा छोटो दुरीका सवारी साधनमा यसअघि प्रदान गर्दै आएको ज्येष्ट नागरिक, अपांगता भएका, विद्यार्थी र जनआन्दोलनका घाइते लगायतलाई दिइएको छुट कायम… पुरा पढौ

बिदा हुनै लागेका ७ सचिव राजनीतिक नियुक्तिको दौडधूपमा, को–को हुन् ?

सचिव, सहसचिव जस्ता उच्च प्रशासकहरू जागिरीबाट रिटाएर भए पनि बेरोजगार हुनुपर्दैन । जागिरीमा हुँदै उनीहरूले राजनीतिक नियुक्तिमा सेटिङ मिलाइसकेका हुन्छन् । कानुनको मस्यौदा पनि उनीहरूले नै बनाएका छन् । कानुन बनाउँदा नै आफ्नो व्यक्तिगत हितलाई केन्द्रित गरेका हुन्छन् । जुन नेताहरूले बुझ्दैनन् । आगामी १ महिनाभित्र ७ जना सचिवले अवकाश लिंदैछन् । त्यसमध्ये ४ जना सचिवले साउन २२ बाटै अवकाश लिंदैछन् । अवकाश हुन लागेका सचिवहरू अहिलेदेखि नै राजनीतिक नियुक्त… पुरा पढौ

श्रीमान खाडीमा, श्रीमती….

काठमाडौंको कपनमा एउटै रुखमा पासो लागेर युवायुवतीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोलुखुम्बु सोताङ-४, नाम्लुङका २१ वर्षीय अमिर/चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङ छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नरेन्द्र चन्दले उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको बताए । ‘झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं’, चन्दले अनलाइनखबरसँग भने, ‘घटनास्थल वरपर सुसाइड नोट वा अन्य केही कुरा भेटिएका छैनन् ।’ प्रहरी दुवैको शवलाई पोष्टमार्टमका लागि… पुरा पढौ

विप्लव समूहका जिल्ला ईन्चार्ज ढुंगेल पक्राउ, लगाइयो यस्तो मुद्धा

काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई  पक्राउ गरेको छ । टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन् । ढुंगेललाई भम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी कसुरमा पक्राउ गरेको बताए । ‘आगजनी र बिष्फोटमा सहभागिता देखिएकाले… पुरा पढौ

किन बन्द भयो ‘भद्रगोल’ ? अब प्रशारणमा आउला कि नआउला ?

हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ… पुरा पढौ

पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी,‘नागार्जुनबाट पनि निकाल्छौं’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्ने चेतावनी दिए । वीपी मार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा महाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं