मुख्य समाचार

मुलुकभर दूध अभाव, यस्तो छ कारण

डेरी उद्योगहरुले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुन सकेको छैन । दूध कम उत्पादन हुने (लिन) सिजनको मध्य समय पर्नु र भारतबाट स्कीम मिल्क पाउडर (एसएमपी) आयात बन्द हुँदा उद्योगमा दूध अभाव भएको हो । दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतिस्थित अनमोल डेरी बन्द भएको छ भने भक्तपुरको नेभा डेरीले शनिबार बजारमा दूध नै पठाउन नसकेको जनाकएको छ । ‘एसएमपी छैन, झोल दूध पनि स्टकमा नहुने… पुरा पढौ

उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको प्रवक्ता शंकरप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिए ।  निर्वाचनको मिति घोषणासँगै उपनिर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पनि आयोगले रोकेको छ । मतदाता नामावली ऐन,… पुरा पढौ

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, कहिले फर्किन्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेका छन् । शनिबार साँझ प्रधानमन्त्री ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिब्या सिंह सिंगापुर गएका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षणका लागि भ्रमण भएको बताए । प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । आइतबारदेखि नै स्वास्थ्य परीक्षण… पुरा पढौ

आठ जुवाडे एकैखालमा पक्राउ

प्रहरीले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । चितवन, रत्ननगर नगरपालिका–३ स्थित विद्युत् डाँडाका जितमान मोक्तानको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।     जुवा तास खेलिरहेको स्थानबाट नगद रु ४४ हजार ३७० र तीन बुक ताससमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए । पुरा पढौ

मनसुन सक्रिय, लगातार वर्षा, कहिलेसम्म रहला ?

नेपालमा मनसुन सक्रिय भएसंगै आइतबारदेखि लगातार वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । शनिबारबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै आउनेक्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम शुरु भएकाले सोमबारसम्ममा मनसुन पूर्ण सक्रिय हुने मौसमविद् समीर श्रेष्ठले बताए । उनले भने,… पुरा पढौ

तनहूँमै भेटियो डेंगु, यस्ता छन् बच्ने उपाय

तनहूँमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीका १५ वर्षीय कैलाश थापामा डेङ्गु देखा परेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेङ्गु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । ‘किशोरमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि भएको छ’, उनले भने, ‘खासै जटिल समस्या छैन, उपचार भइरहेको छ ।’ किशोरमा डेङ्गु फेला परेपछि म्याग्दे… पुरा पढौ

कति पुग्यो राष्ट्रपति विद्यादेवी भण्डारीको तलव ?

सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो । त्यति बेला सरकारले विशिष्ट पदाधिकारीकारीको  वृद्धि गरेको… पुरा पढौ

कास्की २ को उपनिर्वाचन : वामदेव गौतमलाई चुनाव लड्न प्रधानमन्त्री ओलीकै प्रस्ताव !

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् । यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखे पनि ओलीले नै प्रस्ताव गरेको यो पहिलो पटक हो । बालुवाटार स्रोतका अनुसार केही दिन अगाडि बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रस्ताव गरेका हुन् । ‘पार्टीले जिताउने… पुरा पढौ

१७ औं आहारारा गोल्डकपको आयव्यय सार्वजनिक, आम्दानी कति ?

सहारा क्लब पोखराले १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताबाट डेढ लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगिताबाट ७० लाख ७८ हजार कूल आम्दानी र ६९ लाख २९ हजार रुपैयाँ जम्मा खर्च भइ १ लाख ४९ हजार रुपैयाँ मुनाफा गर्न सफल भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । १७ औं आहारारा गोल्डकप गत फागुन ९… पुरा पढौ

लेकसाइड २४ सै खण्टा खुलाउन विवाद : रेवान पक्षमा, हान विपक्षमा

पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल संघ भने यसको विपक्षमा उभिएको छ । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायीनै साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्दनै गराउनुपर्ने आसयको मागसहित अदालत पुगे पछि यतिबेला पोखरामा यस विषयले निकै चर्चा पाएको छ । पश्चिमाञ्चल होटल संघ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं