ताजा समाचार

श्रावण १८ गते २०७६

१७ औं आहारारा गोल्डकपको आयव्यय सार्वजनिक, आम्दानी कति ?

सहारा क्लब पोखराले १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताबाट डेढ लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ ।
क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।

प्रतियोगिताबाट ७० लाख ७८ हजार कूल आम्दानी र ६९ लाख २९ हजार रुपैयाँ जम्मा खर्च भइ १ लाख ४९ हजार रुपैयाँ मुनाफा गर्न सफल भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

१७ औं आहारारा गोल्डकप गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधि थ्रीस्टार क्लवले जितेको थियो ।

क्लबले प्रतियोगिताको आम्दानी पोखराको दोविल्लास्थित सहारा एकेडेमी सञ्चालनका लागि खर्च गर्दै आएको छ ।