मुख्य समाचार

धादिङमा ३ गाडी ठोक्किए २ को मृत्यु, २० को मेडिसिटीमा उपचार हुँदै

धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरमा बस र २ वटा माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते २० जनाको ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । ३ जनाको आइसियुमा र अन्यको इमर्जेन्सीमा उपचार भइरहेको मेडिसिटीका महाप्रबन्धक विजय रिमालले जानकारी दिए । देशमा विभिन्न भागबाट बिरामीलाई एअर लिफ्टिङ गरी उपचार गर्ने सेवासमेत मेडिसिटीले दिइरहेको छ । धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठको मृत्यु… पुरा पढौ

‘स्मार्ट’ चालक अनुमतिपत्र किन पुनः छपाइदैछ ?

निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो । निजी कम्पनीले झण्डै तीन लाख रङ्गीन कार्ड छापिएकामा १३ हजार कार्ड अस्पस्ट रहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उनका अनुसार यी कार्डमध्ये कुनैमा फोटो त कुनैमा नाम, रक्त समूह, ठेगानालगायतका विवरण स्पस्ट… पुरा पढौ

असार १५ : ‘हली’ को हुलियामा बाबुराम(तस्विरसहित)

आज असार १५ अर्थात मानो रोपेर मुरी उब्जाउने दिन , धान दिवस पनि । किसानहरु अहिले रोपाइमा व्यस्त छन् । अरुबेला राजनीतिले फूर्सद नपाउने पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पनि असार १५ का दिन ‘हली’ को हुलियामा देखिएका छन् । असार १५ अर्थात् धान दिवसको दिन आइतबार भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन् । धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका–१ खोप्लाङ… पुरा पढौ

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु,के छ त सम्मेलनको एजेण्डा ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ शुरु गरिएको छ । स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले दुई दिनका लागी उक्त सम्मेलन सुरु भएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, श्रम र रोजगारीका नवीनतम् र सिर्जनात्मक पाटा उजागार गरी यस क्षेत्रको… पुरा पढौ

मनसुनमा अलमल, कहीं भारी वर्षा कहीं बदलीमात्र

असार १५ भइसक्दासमेत अहिलेसम्म मनसुन पूर्ण रुपले सक्रिय नहुँदा कतै भारी वर्षा भएको छ भने कतै वर्षा नै भएको छ । पश्चिमका तुलनामा पूर्वमा मनसुनी प्रभाव देखिएको छ भने अब विस्तारै पश्चिमतिर पनि लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आइतबार देशभरको मौसम सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा ठूलो पानी पर्ने… पुरा पढौ

काठमाडौं बारमा कांग्रेस निकट उम्मेद्वारहरु विजयी

नेपाल बार एशोसियसनको काठमाडौं शाखामा लोकतन्त्रवादी कानुन व्यवसायीहरु भारी मतान्तरले विजयी भएका छन्। नेकपा निकट उमेद्वारहरुलाई करिव १० गुणा मतले पराजित गर्दै कांग्रेस निकट लोकतन्त्रवादी उमेद्वारहरु विजयी भएका हुन्।  काठमाडौं बारमा लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संस्था डीएलएबाट उमेद्वार भएका जगदिश घिमिरेले १००३ मत ल्याउँदा उनका प्रत्यासी कुमार प्रसाद आचार्यले ११० मत ल्याएका हुन्। अध्यक्षसँगै अन्य पदमा पनि डीएलएबाट उमेद्वार भएकाहरु भारी मतले निर्वाचित भएका छन भने ३ जना यसअघी सर्वसम्मत चुनिए।  उपाध्यक्षमा… पुरा पढौ

सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

सेफ्टीट्यांकीभित्र निसास्सिएर मोरङको सुनवर्षी नगरपालिकामा शनिबार चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–९ डायनियास्थित मस्जिदको सेफ्टीट्यांकीको ढलानको काठको सेटिङ खोल्न छिरेका सात मजदुरमध्ये चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाका २० फिरोज आलम, २५ वर्षीय मोहम्मद सहनवाद, ४५ वर्षीय कपिल आलम, २२ वर्षीय ओसिव आलम छन् । घाइते भएका ४० वर्षीय दाउद मियाँ, ४८ वर्षीय हेमन्त मियाँ र ४० वर्षीय डाम्रा मियाँ… पुरा पढौ

मदन भण्डारी जस्तै हामी पनि मारिन सक्छौँ : प्रचण्ड

सत्तारुढ दलका नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी मारिए जस्तै आफुहरु पनि मारिन सक्ने बताएका छन् । उनले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको बताउँदै उनले आफुहरु पनि मारिन सक्ने बताएका हुन् । आज शनिबार राजधानीमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मदन भण्डारीको हत्यापछि २०५८ सालमा भयानक घटनाका रुपमा दरबार हत्याकाण्ड मच्चाइएको बताए । अहिले… पुरा पढौ

ठूला र मालदार मन्त्रालयका लागि सचिवहरूको दौडधूप, अबको मुख्य सचिव को ?

सरकारले आगामी साउनमा केही सचिवको सरुवा गर्ने गृहकार्य अघि बढाएको छ । साउनपछि वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी, राजस्व सचिव लालशंकर घिमिरे लगायतका ३ जना सचिव रिटायर हुँदैछन् । रिक्त ठाउँमा पदपूर्ति गर्नेक्रममा सरकारले अरु केही सचिवहरूको पनि सरुवा गर्ने तयारी गरेको छ । सरकारले यस्तो तयारी सुरु गरेको थाहा पाएपछि शक्तिशाली र ठूला मन्त्रालयमा सरुवा हुन सचिवहरूले दौडधूप सुरु गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार… पुरा पढौ

पोखरासहित देशभर झरीको सम्भावना, कहिलेसम्म रहला ?

आज (शनिबार) पोखरासहित देशका पूर्वी र मध्य क्षेत्रमा मौसम बदली भएको छ। कुनै पनि बेला वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पोखरादेखि पश्चिम भने आज र भोलि पानी पर्ने सम्भावना छैन। ‘अहिले खासगरी पूर्वको पहाडी र मध्य क्षेत्रको तराई भेगमा बादल बाक्लो लागेको छ,’ मौसमविद् अर्यालले भने, ‘कुनै पनि बेला पानी पर्न सक्छ।’ उनका अनुसार यी भेगका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं