धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरमा बस र २ वटा माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते २० जनाको ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
३ जनाको आइसियुमा र अन्यको इमर्जेन्सीमा उपचार भइरहेको मेडिसिटीका महाप्रबन्धक विजय रिमालले जानकारी दिए । देशमा विभिन्न भागबाट बिरामीलाई एअर लिफ्टिङ गरी उपचार गर्ने सेवासमेत मेडिसिटीले दिइरहेको छ ।
धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठको मृत्यु भएको छ भने अर्की ठेगाना नखुलेकी करिब २० वर्षकी युवतीको पनि ज्यान गएको छ ।
दुर्घटनामा घाइते भएका ७ जनाको गजुरी अस्पतालमा २ जनाको चरौंदी अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
मेडिसिटीमा उपचार भइरहेका घाइतेहरुको नामावली
रेखा नेपाली पोखरा
नरदेवी बुढाथोकी म्याग्दी
सिरज बराल महेन्द्रनगर
पप्प शाह सर्लाही
राजकुमार नेपाली लामिडाँडा न्युरो आइसियु
मिलन सुवेदी कास्की
निराजन बर्ताैला आइसियु
सिम्रन भट्टराई आइसियु
सुशीला कँडेल, बेनिघाट
सुमन सुनार तनहुँ
सुमन आले छाङ
सारदा पौडेल भैरहवा
श्याम राना स्याङ्जा
रमेश घिमिरे चितवन
रेनु यादव नवलपरासी
एन्जिरा यादव नवलपरासी
विनय घिमिरे पाल्पा
शान्ति क्षेत्री चितवन
गंगा क्षेत्री चितवन
सोनम रानामगर सुनौली






