मुख्य समाचार

बागलुङ भ्रमण वर्ष घोषणा

जिल्लाको बागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ । भ्रमण वर्षको घोषणा गरी बागलुङमा पर्यटन भित्र्याउन आन्तरिक भ्रमण वर्ष मनाउने निर्णय भएको नगरपालिकाका प्रमुख जनकराज… पुरा पढौ

खराब मौसम र व्यवस्थापकीय त्रुटिले रवीन्द्र चढेको हेलिकोप्टर दुर्घटना : प्रतिवेदन

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ । शक्तिशाली हावा, हिमपात र व्यवस्थापकीय कमजोरीले हेलिकोप्टर दुर्घटना भएको समितिको निचोड छ । दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गर्दै शक्तिशाली हावा र हिमपात पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख गरिएको छ । दुर्घटनापश्चात मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको सत्य तथ्य… पुरा पढौ

वडाध्यक्षहरुले पोखरा महानगरको गेटमा ताला लगाउने

पोखरा महानगरका केही वडाध्यक्ष तथा सदस्यहरू महानगरले प्रस्तुत गरेको २०७६/०७७ को बजेटप्रति आक्रोशित बनेका छन् । उनीहरू नेपाली कांग्रेस निकटका हुन् । उनीहरूले बजेट वितरणमा पक्षपात भएको भन्दै महानगरको रातो (बजेट) किताव नै च्यातेका छन् । महानगरका केही वडाध्यक्ष तथा सदस्यले पोखरा महानरको पाँचौ नगरसभाको चौथो दिन बुधबारको छलफलपछि सभामा वितरण गरिएको महानगरको रातो किताव च्यातेर विरोध जनाएका हुन् । उनीहरूले बजेट विनियोजन समान नभएको भन्दै किताव च्यातेको बताए ।… पुरा पढौ

नेकपा मजदुर नेता काफ्लेसहित ४ विरुद्ध मुद्दा दायर

अख्तियारले नेकपाका मजदुर नेता खगेन्द्रकुमार काफ्लेसहित ४ जना विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा सवारी चालक अनुमतिपत्र लिनका लागि फारम भर्ने सिलसिलामा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीमा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ स्कूलका सञ्चालक काफ्लेले लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई… पुरा पढौ

नेपालमै बन्दैछ ६० किलोमिटर लामो ‘नेपाली ग्रेटवाल’

नेपालमा पनि ६० किलोमिटरको लामो ‘नेपाली ग्रेटवाल’ बन्ने भएको छ । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएकोसंगै यसलाई पर्खाललाई ‘नेपाली ग्रेट वाल’ को संज्ञा दिएको हो । पर्खालको सुरुवाती एक सय मिटर निर्माण कार्य सम्पन्न भएको छ । चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको लहर देखेपछि ‘हेलम्बु ग्रेटवाल’ को सोच आएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ६०… पुरा पढौ

रसुवाली कवि फेरि गिरफ्तार

प्रहरीले भर्खरै कवि रसुवाली कविलाई गिरफ्तार गरेको छ । भरखरैमात्र गैरन्यायिक हत्याका विरुद्ध नेपाल ल क्याम्पसमा छलफलमा सहभागी भइरहेको बेला उनलाई प्रहरीले पक्रेको हो । नेत्रविक्रम चन्द विप्लव कार्यकर्तासमेत रहेका उनलाई यसअघि पनि प्रहरीले पक्रेको थियो । सोही छलफलमा सहभागी साहित्यकार मातृका पोखरेलले घटनाबारे जानकारी दिँदै उनको तुरुन्त रिहाईको माग गरेका छन् । पुरा पढौ

लोकसेवा विज्ञापनविरुद्ध रिटको सुनुवाइ फेरि सर्‍यो

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज हुने भनिएको सुनुवाइ फेरी सरेको छ । रिट खारेजीको निर्देशन जारी गर्ने राज्य व्यवस्था समितिमा सुनुवाइको सूचना नपुगको भन्दै आगामी न्यायाधीशहरू हरिकृष्ण कार्की र डा.आनन्दमोहन भट्टराईको इजलासले पुन असार १५ गतेसम्मलाई सुनुवाइ सारेको हो। चार रिटमाथिको सुनावाइ योसँगै चौथोपटक सरेको हो। लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा परेको ४ वटा रिट रहेका छन्।… पुरा पढौ

एसइईको नतिजा बुधबार प्रकाशित हुदैन,कहिले प्रकाशन हुन्छ ?

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल बुधबार प्रकाशित नहुने स्पष्ट पारेको छ। केही सञ्चारमाध्यममा बुधबार परीक्षाफल प्रकाशित हुने भनि आएका समाचारमा सत्यता नभएको बोर्डका सूचना अधिकारी नारायण पोखरेलले जानकारी गराए। नतिजा प्रकाशनका लागि बोर्डको अन्तिम तयारी पुगिनसकेको उनको भनाइ छ। यसैसाता भित्र नतिजा प्रकाशित गरिने उनले जानकारी गराए। गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी… पुरा पढौ

ललितानिवास प्रकरण:आफु मोही दावी गर्ने ८६ जनालाई अख्तियारले डाक्यो बयानमा(नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन परिवारसहित ८६ जनालाई बयानका लागि बोलाएको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै ललितानिवासको जग्गा अनियमिततामा मुछिएका कारण छानविनका क्रममा उनीहरुलाई बोलाएको हो । आयोगले उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन सूचना निकालेको छ । यसअघि नै अख्तियारले शोभाकान्त ढकाल र रामकुमार सुवेदीको घरमा पूर्जी टाँस गरिसकेको छ । अहिले भने शोभाकान्तको छोरी लक्ष्मी ढकालको नाममा सूचना निकालेको हो । उनी हाल अमेरिका छन् । सूचनामा… पुरा पढौ

प्रधानमन्त्री कृषि आयोजनामा व्रह्मलुट

नेपालमा कृषिको विकासका लागि स्थापित सबै परियोजनामा भ्रष्टाचार हुने गरेको छ । दातृनिकायको सहयोगमा संचालित ब्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट)बाट ८३ अर्ब रुपैयाँ अनुदान बितरण भयो । तर त्यसबाट केही उपलब्धी हुन सकेन । प्याक्टको अनुदान बितरण प्रणालीप्रति नै प्रश्न उठिरहेको छ । प्याक्ट आयोजनाको प्रभावकारिताका बारेमा कृषि मन्त्रालयले छानबिन गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाको अनुदान बितरणमा पनि कमिसनकै खेल भएको छ । आयोजना सुरु भएकै बर्ष २०७३… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं