रसुवाली कवि फेरि गिरफ्तार

प्रहरीले भर्खरै कवि रसुवाली कविलाई गिरफ्तार गरेको छ । भरखरैमात्र गैरन्यायिक हत्याका विरुद्ध नेपाल ल क्याम्पसमा छलफलमा सहभागी भइरहेको बेला उनलाई प्रहरीले पक्रेको हो ।

नेत्रविक्रम चन्द विप्लव कार्यकर्तासमेत रहेका उनलाई यसअघि पनि प्रहरीले पक्रेको थियो । सोही छलफलमा सहभागी साहित्यकार मातृका पोखरेलले घटनाबारे जानकारी दिँदै उनको तुरुन्त रिहाईको माग गरेका छन् ।