ताजा समाचार

असार ११ गते २०७६

लोकसेवा विज्ञापनविरुद्ध रिटको सुनुवाइ फेरि सर्‍यो

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज हुने भनिएको सुनुवाइ फेरी सरेको छ ।

रिट खारेजीको निर्देशन जारी गर्ने राज्य व्यवस्था समितिमा सुनुवाइको सूचना नपुगको भन्दै आगामी न्यायाधीशहरू हरिकृष्ण कार्की र डा.आनन्दमोहन भट्टराईको इजलासले पुन असार १५ गतेसम्मलाई सुनुवाइ सारेको हो।

चार रिटमाथिको सुनावाइ योसँगै चौथोपटक सरेको हो। लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा परेको ४ वटा रिट रहेका छन्। लोकसेवाको विज्ञापन समावेशी बनाउनका लागि रद्ध गरी पुनर्विज्ञापन गर्न माग गर्दै रिट परेको हो।

लोकसेवा आयोगले गरेको विज्ञापन असमावेशी भएको भन्दै नेपाल आदिवासी जनजाती महासंघ र सम्पूर्ण आदिवासी जनजाती संगठनहरूले निहुजसो आन्दोलन गर्दै आईरहेका छन् । आयोगको विज्ञापनमा भने हिजोसम्म ३ लाख ६७ हजारको आवेदन परेको छ। दोब्बर दस्तुर तिरेर असार १७ गते बेलुकीसम्म आवेदन दिन सकिनेछ।