असार १५ : ‘हली’ को हुलियामा बाबुराम(तस्विरसहित)

आज असार १५ अर्थात मानो रोपेर मुरी उब्जाउने दिन , धान दिवस पनि । किसानहरु अहिले रोपाइमा व्यस्त छन् । अरुबेला राजनीतिले फूर्सद नपाउने पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पनि असार १५ का दिन ‘हली’ को हुलियामा देखिएका छन् ।

असार १५ अर्थात् धान दिवसको दिन आइतबार भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन् । धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका–१ खोप्लाङ गोरखा पुगेका थिए । भट्टराईको पुख्र्यौली गाउँ त्यहीं हो ।

त्यहाँ मल्टिपर्पोज कृषि फार्मले कार्यक्रम आयोजना गरेको थियो । भट्टराईले धान दिवसमा गोरुसँगै दाँदे लगाएका छन् । हातमा कोदाली लिएर उनी हिलो खेतमा देखिएका छन् । ट्वीटरमा उनले धान दिवसमा आफ्नो सहभागिताका केही तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिऔं, स्वदेशमै रोजगार सिर्जना गरौं । कृषिमा आत्मनिर्भर बनौं ।’ तस्विरहरु : डा. बाबुराम भट्टराईको फेसबुकबाट

हेर्नुस् तस्विरहरु