ताजा समाचार

श्रावण १७ गते २०७६

फेरि चुनावको रौनक, कास्की विशेष चर्चामा

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त आगामी मंसिर १४ गते निर्वाचन गर्ने भएको छ ।

मिति घोषणासंगै नेपालको फेरि चुनावकै रौनक शुरु हुँदैछ । करिब २ वर्ष अघि १ वर्ष लगाएर ३ वटा चुनाव भएको थियो ।

निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात विभिन्न कारणले रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।

आयोगको साउन १६ गते भएको निर्णयअनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारबाट र प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ र प्रदेशसभा निर्वाचन ऐ २०७४ बमोजिम उपनिर्वाचनको मिति तोकिएको जनाइएको छ ।

देशभरका ३७ जिल्लामा केही बाँकी रहेका गाउँपालिका, नगरपालिका, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य कूल ५० पदमा निर्वाचन हुने आयोगका प्रवक्ता एवम् सहसचिव शंकरप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

देशका विभिन्न स्थानमा हुने उपनिर्वाचनमध्ये सबैभन्दा बढी चर्चामा कास्की रहनेमा २ मत छैन । पूर्व पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीको क्षेत्र भएकाले पनि यो क्षेत्र विशेष चर्चामा रहनेछ छ । यो क्षेत्रमा कुन पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने चासो पनि छ ।

नेकपाले रवीन्द्र पत्नी विद्या अधिकारीलाई नै उठाउने लगभग पक्का छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भने मौन छ ।