‘प्रचण्डलाई हेग लैजान तयार छौँ : लेलिन विष्ट

पूर्व माओवादी लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान तयार रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय अदालत ९हेग० लगेमा आफूलाई केही फरक नपर्ने उल्टै संसारको हिरो बनेर निस्कने दाहालको भनाई प्रति प्रतिक्रिया दिँदै लेनिनले प्रचण्डमा छटपटाहट सुरु भएको बताएका हुन् ।

‘हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति त्यसैको नतिजा हो’ विष्टले भने, ‘हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा छौँ, उनलाई हेग लैजान तयार छौँ । ’

हेग लगेमा संसारकै हिरो बनेर निस्कने बताएका प्रचण्डले भनेका थिए, ‘तर मलाई यिनीहरुले हेग लगेर हिरो बन्न दिन्छन् जस्तो लाग्दैन ।’

विष्टले हालै संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को कार्यालय जेनेभामा आफूहरूमाथि अन्याय गरिएको भन्दै निवेदन दिएका थिए ।