ताजा समाचार

श्रावण १३ गते २०७६

ओली-प्रचण्ड दुवै विदेश भ्रमणमा !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगातार विदेश भ्रमणमा निस्किने भएका छन् ।

अध्यक्षद्वय ओली र दाहाल क्रमशः सिंगापुर र दुवई भ्रमणमा निस्किन थालेका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।

त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने मंगलबार दुवई भ्रमणमा जाने भएका छन् । अध्यक्ष दाहाल परिवारसहित दुवई भ्रमणमा जान लागेका हुन् । 

अध्यक्ष प्रचण्डको दुवई भ्रमणको उद्वेश्य घुमघाम रहेको उनीनिकट श्रोतले जनाएको छ ।  

केही समयदेखि चल्दै आएको पार्टी सचिवालयको बैठक स्थगित गरेर दुई अध्यक्ष विदेश भ्रमणमा जान लागेका हुन् ।

स्कुल विभागको जिम्मेवारीका विषयमा कुरा नमिलेपछि बैठक पटक पटक सर्दै आएको छ । सोमबार बसेको सचिवालय बैठक पनि दुई सातापछि बस्ने गरी विना निश्कर्ष टुंगिएको छ ।