ताजा समाचार

श्रावण २२ गते २०७६

फूलवारी र हेमजाबाट १९ जुवाडे पक्राउ, १ लाख बढी नगद बरामद

कास्कीमा नयाँ प्रहरी प्रमुख आएसंगै जुवाडेहरू पक्राउ पर्नेक्रा जारी छ । केही अघि पोखराको संगममार्ग र पस्र्याङबाट माटो रकमसहित जुवाडेहरू पक्राउ परेका थिए ।

मंगलबार पनि पोखराका २ स्थानबाट १९ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा पोखराको फूलबारीबाट ४ जना र हेम्जाबाट १५ जुवाडे पक्राउ परेका हुन् । उनीहरूको साथबाट रु १ लाख ९ हजार २ सय ५० र ९ बुक तास बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार फूलबारीमा डेरा गरी बस्ने म्याग्दी घर भएकी आशा तिलिजाको डेरामा जुवातास खेलिरहेका अवस्थामा तिलिजासहित ४ जनालाई ६७ हजार ४ सय ७५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरिएको हो ।

हेम्जामा सोमबहादुर छम्त्यालको कोठाबाट ४१ हजार ७ सय ७५ रुपैयाँ र ६ बुक ताससहित १५ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।