ताजा समाचार

श्रावण २२ गते २०७६

पूर्वमन्त्री विष्टलाई आकाशमै हृदयाघात

पूर्वमन्त्री तप्तबहादुर विष्टलाई हवाइ यात्रा गरिहँदा आकाशमै हृदयाघात भएको छ।

पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री रहेका विष्ट आइतबार दिउँसो बुद्ध एयरको युफाेर ४०४ उडानमार्फत नेपालगञ्जदेखि काठमाडौँ आउने क्रममा हृदयाघात भएको हो।

जहाज उडिरहँदा हृदयाघात भएपछि बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

अपरान्ह ३:४५ बजे मन्त्री विष्टलाई आकस्मिक अवतरण गराए लगत्तै अन्य यात्रु लिएर जहाज काठमाडौंका लागि उडेको थियो।

विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य जाँचपछि अवस्था सुधारउन्मुख रहेको रूपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।